13/04/2026
मिति: २०८२/१२/३०
!! सूचना !! सूचना !! सूचना !!
आदरणीय महानुभावहरू,
नव वर्ष २०८३ सालको शुभ अवसरमा यस पी.पी. बहुउद्देश्यीय सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरू, सञ्चालक समिति, विभिन्न समिति तथा उपसमितिका पदाधिकारी, नियामक निकाय, कर्मचारी वर्ग, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
हालसम्म संस्थाले सहकारी माध्यमबाट हासिल गरेका उपलब्धिहरूमा योगदान पुर्याउने सम्पूर्ण सदस्य, अग्रज, सल्लाहकार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
संस्थाको वृद्धि, विस्तार तथा विविधीकरणलाई अगाडि बढाउँदै सदस्य हितलाई केन्द्रमा राखी गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता व्यक्त गर्दै, नवीन प्रविधिको प्रयोगमार्फत सेवाहरूलाई अझ सरल, सहज तथा प्रभावकारी बनाउँदै ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यमा यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौं।
साथै, मिति २०८३/०१/०१ गते सार्वजनिक बिदा परेकोले उक्त दिन संस्थाको आर्थिक कारोबार बन्द रहने र अन्य दिनहरूमा सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ। यसबाट पर्न सक्ने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
धन्यवाद।
जय सहकारी।
जय पी.पी. बहुउद्देश्यीय सहकारी।