Entrepreneurs Accounting & Consulting

Entrepreneurs Accounting & Consulting Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Entrepreneurs Accounting & Consulting, Accountant, Mahalaxmisthan, Kathmandu.

A successful business starts with strong accounting. Wishing you all the best on your entrepreneurial journey. May your ...
17/07/2026

A successful business starts with strong accounting. Wishing you all the best on your entrepreneurial journey. May your business grow with the right knowledge and confidence❤️

17/07/2026

सरकारलाई कर तिर्नुअघि सरकारकै रेकर्ड एकपटक चेक गर्नुभयो?

असारमा Advance TAX तिर्दै गर्दा एउटा client को अघिल्लो वर्षको रु. ८३,००० Credit claim हुन छुटेको रहेछ।

समयमै चेक गर्दा रु. ८३,००० बच्यो।

यही कारणले म सधैं भन्छु,

व्यवसायीले कम्तीमा आधारभूत Accounting र Tax बुझ्नैपर्छ।

Accounting भनेको किताब मिलाउने विषय मात्र होइन।

यो आफ्नो पैसा जोगाउने, सही निर्णय लिने, र अनावश्यक TAX नतिर्ने ज्ञान हो।

सबै काम Accountant ले गरिदिन्छ भनेर ढुक्क हुनुहुन्छ भने पनि,कम्तीमा के भइरहेको छ भन्ने बुझ्ने ज्ञान भने व्यवसायी आफैंसँग हुनुपर्छ।

किनभने अन्तिममा जोगिने वा गुम्ने पैसा तपाईंको व्यवसायकै हुन्छ।

15/07/2026

40,50 हजार तिरेर full-time accountant राख्न सकिदैन भनेर धेरैले accounting नै छोडिदिन्छन्। र tax filing miss हुन्छ, fine तिर्नुपर्छ, loan माग्दा documents हुँदैनन्।

तर एउटा smart option छ जसले गर्दा Business को पैसा पनि जोगिन्छ र Accounting काम पनि चल्छ।

Part-time accountant।

तपाईंको business को size अनुसार काम, तपाईंको budget अनुसार cost। Accounts organized, VAT filed on time, books up-to-date, full-time salary को burden लिनु पर्दैन।

यो exactly कसरी काम गर्छ, यसको फाइदाहरू के के हुन्, मैले एउटा video बनाएको छु।



15/07/2026

Freshers लाई किन Hire गर्ने?

सिकायो, काम सिकेपछि छोडेर गइहाल्छ ,धेरै बिजनेसको गुनासो यही हुन्छ।

तर सोच्नुस्, मान्छे आउँछन्, सिक्छन्, केही बस्छन्, केही जान्छन्। यही नै बिजनेसको cycle हो।

छोडेर जान्छन् भनेर फ्रेसरलाई अवसर नै नदिने हो भने, भोलि अनुभवी कर्मचारी कहाँबाट आउँछन्?

BBS वा BBA पढेर आएको व्यक्ति पनि तपाईंको बिजनेसको काम छुट्टै सिक्नुपर्छ।

अनुभव भएको कर्मचारीले पनि नयाँ कम्पनीको सिस्टम, प्रक्रिया र संस्कृति बुझ्न समय लाग्छ।

त्यसैले हायर गर्दा केवल आजको काम मात्र होइन, भोलिको टिम पनि निर्माण गरिरहनुभएको हुन्छ।

फ्रेसरलाई अवसर दिनु खर्च मात्र होइन, भविष्यमा लगानी पनि हो।

14/07/2026

व्यवसाय सुरु गर्दा धेरैले सामान, पसल र लगानीको बारेमा सोच्छन्। तर एउटा कुरा धेरैले ढिलो बुझ्छन्

व्यवसायमा साथ दिने सही Accountant हुनु भनेको हिसाब मिलाउने मान्छे हुनु मात्र होइन।

कहिले गल्ती हुनुअघि सचेत गराउने,
कहिले तनावमा समाधान खोजिदिने,
कहिले तपाईंभन्दा धेरै तपाईंको व्यवसायको चिन्ता गर्ने साथी हुनु हो।

हरेक व्यवसायीलाई यस्तो मान्छे चाहिन्छ,
जसलाई तपाईंको नाफा देखेर पनि खुसी लागोस्, र समस्या पर्दा सबैभन्दा पहिले “अब के गर्ने?” भनेर तपाईंको छेउमा उभियोस्।

राम्रो Accountant खर्च होइन, व्यवसायको यात्रामा साथ दिने विश्वास हो। ❤️

14/07/2026

Business एक्लैले ठूलो हुँदैन। TEAM ले ठूलो बनाउँछ।

१५ जना टिम मेम्बरसँग काम गर्दा मैले सिकेको कुरा के हो भने।

* सबै employee perfect हुँदैनन्।
* सबै लामो समय बस्दैनन्।
* कहिलेकाहीँ धेरै समय सिकाउनुपर्छ।
* केहीले अपेक्षाअनुसार काम गर्दैनन्।
* केहीले सिकेपछि कम्पनी पनि छोड्छन्।

पहिला यी सबैलाई समस्या ठान्थेँ।

आज बुझ्छु,यी समस्या होइनन्, Team बनाउने प्रक्रियाको भाग हुन्।

यदि “छोडेर जान्छन्” भनेर hire नै नगर्ने हो भने,Business सधैं मालिकको वरिपरि मात्र घुमिरहन्छ,grow हुन सक्दैन

"Business चलिरहेको छ भनेर मात्र पुग्दैन। हिसाब-किताब, Tax र Closing पनि उत्तिकै Important हुन्छ।धेरै Business Owners ले ...
14/07/2026

"Business चलिरहेको छ भनेर मात्र पुग्दैन। हिसाब-किताब, Tax र Closing पनि उत्तिकै Important हुन्छ।

धेरै Business Owners ले Problem आएपछि मात्र Accounting को Importance बुझ्नुहुन्छ।

यदि तपाईंको Businessमा पनि यस्तै Challenges छ भने, आजैदेखि Practical Accounting सिकेर आफ्नो Business लाई व्यवस्थित बनाउन सुरु गर्नु होला |

14/07/2026

Closing को बेला सबैभन्दा Important Tax होइन, सही System Choose गर्नु हो।

Closing आएपछि मात्र हिसाब मिलाउन खोज्नुभयो भने धेरै कुरा मिलाउन गाह्रो हुन्छ। एउटा वर्षको हिसाब नमिल्दा त्यसको असर अर्को वर्षमा पनि पर्न सक्छ।

त्यसैले, अन्तिम समयसम्म नपर्खनुहोस्। बेलैदेखि सही Accounting System बनाउनुहोस्। Accountant Hire गर्न सक्नुहुन्न भने, Accounting आफैं सिकेर Business को हिसाब मिलाउनु होला।

सही System ले Closing मात्र होइन, Business Grow गर्न र सही Decision लिन पनि Help गर्छ।

13/07/2026

हरेक वर्ष closing को बेला एउटै दृश्य दोहोरिन्छ।

“सर, छिटो हिसाब मिलाइदिनुहोस्।”

तर हतारमा मिलाएको Accounting ले कागजमा रिपोर्ट त बनाउँछ, Business को वास्तविक नाफा-नोक्सान भने देखाउँदैन।

त्यसको असर?

कुन सामानबाट नाफा भइरहेको छ थाहा हुँदैन।
Cash छ, तर पैसा कहाँ गयो भन्ने बुझिँदैन।
अर्को वर्षको योजना अनुमानमा चल्छ, तथ्यमा होइन।

Accounting वर्षको अन्त्यमा गर्ने काम होइन, हरेक दिन गर्ने व्यवस्थापन हो।

र Business ले आधारभूत Accounting बुझ्नै पर्छ। किनकि आफ्नो Business को नम्बर नबुझ्ने मालिकले सही Decision लिन गाह्रो हुन्छ।

यदि तपाईं पनि आफ्नो Business को Financial अवस्था स्पष्ट रूपमा बुझ्न चाहनुहुन्छ भने, हाम्रो Practical Accounting for Business Owners Course मा सहभागी हुन सक्नुहुन्छ।

लक्ष्य केवल हिसाब मिलाउनु होइन, Business लाई सही तथ्यका आधारमा चलाउन सिकाउनु हो।

13/07/2026

Accounting Software राख्नु मात्र System होइन।

धेरै Business Owners ले Accounting Software राखेपछि सबै कुरा मिल्छ भन्ने सोच्नुहुन्छ। तर System भनेको Software मात्र होइन, त्यसलाई सही तरिकाले Use गर्ने Process पनि हो।

सुरुमै सबै कुरा Perfect हुँदैन। System बनाउन Time, Consistency र Improvement चाहिन्छ।

जतिसुकै Busy भए पनि आफ्नो Financial Reports र Business को Numbers लाई Ignore नगर्नु होला। त्यही Data ले नै Better Decisions लिन Help गर्छ।


Address

Mahalaxmisthan
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Entrepreneurs Accounting & Consulting posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category