11/01/2024
जानकारी ।।
विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” को विनियम ४(३) बमोजिम बिदेशी मुद्रा भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नलिइ वा विनियम ४(१) अन्तर्गतको अनूसुचि २ बमोजिमको ढाँचामा एकाइमा लिखित जानकारी गराउन छुट हुन गइ भित्रीएको विदेशी लगानीको समर्थन स्विकृती एवं लेखाँकन गराउन निवेदन पेश गर्ने म्याद २०८० पौष मसान्तसम्म रहेको छ।