18/07/2026
विगतले हामीलाई धेरै कुरा दियो—
• पाणिनिले → संस्कृत व्याकरण ।
• पतञ्जलिले → योग ।
• श्रृङ्गे ऋषिले → प्रकृतिको शक्तिको पहिचान!
• राजा जनकले → आदर्श र सत्य ।
• सीताले → तर्क।
• अष्टबर्कले-ज्ञान बुद्धले -शान्ति, पृथ्वीनारायण शाहले - देश र पहिचान ,
• योगमायाले → समाजको जागरणको लागि जलसमाधि
- शंखधर साख्वाले — मानवता र आर्थिक न्यायको उदाहरण दिए। बीपी कोइरालाले - प्रजातान्त्रिक समाजवाद, . गणेशमान सिंहले - अठोट र समर्पण, सुवर्णशमशेरले - त्याग, कृष्णप्रसाद भट्टराईको - निष्ठा , मदन भण्डारी — जनताको बहुदलीय जनवाद। स्वामी खप्तड बाबाले - विचारविज्ञान, शहीदहरूले - बलिदान।
विश्वले दर्शन , आर्दश ,लोकतन्त्र, मानव अधिकार, अहिंसा, सामाजिक न्याय, आर्थिक सुधार र कल्याणकारी राज्यका विविध अनुभव दियो।
अब हाम्रो पालो।
इतिहासका योगदानलाई सम्मान गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य, मान्यता ,सुशासन, इमानदार नेतृत्व, उत्पादन, रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक न्यायमार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने नयाँ राजनीतिक संस्कृतिको निर्माण गरौं।
विगतले उपलब्धि मात्र होइन, सत्ताले विकृति, विसंगति र गैरजिम्मेवारी पनि सुम्पेर गएको छ।
विचार इतिहासले दियो, अब परिणाम वर्तमान पुस्ताले दिनुपर्छ।