Ultimate Business Advisory Nepal

Ultimate Business Advisory Nepal "A Complete Accounting Solution" our clients always appriciate our accounting & tax services.

Ultimate Accounting & Tax Solutions is an experienced and proactive accounting & tax services provider of RA and business advisors based in Nepal. Our team consists of Chartered Certified, business experts and other qualified individuals with many years experience We endeavor to provide our clients with an excellent service – helping our business clients to achieve greater profitability, to guide them towards wealth maximization.

ETDS भेरिफाई भै सक्यो तर कसैको/कुनैको PAN Number छुटेमा PAN राखी आफै Update कसरी गर्ने त जानिराखौ ।
23/07/2025

ETDS भेरिफाई भै सक्यो तर कसैको/कुनैको PAN Number छुटेमा PAN राखी आफै Update कसरी गर्ने त जानिराखौ ।

22/07/2025
20/07/2025

6103 likes, 47 comments. “नागरिक लगानी कोषका सहभागीहरुलाई KYC UPDATE सम्बन्धी सूचना || CIT || NITI365 ”

20/07/2025

भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरिएको सम्बन्धमा
https://www.nrb.org.np/contents/uploads/2025/07/Guidelines-for-Dividend-Distribution-2082.pdf

17/07/2025

१ साउन, काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ ....

17/07/2025

१ साउन, काठमाडौं । विकास आयोजनामा दैनिक ३ सिफ्टमा काम गर्न अर्थ मन्त्रालयले ‘सर्कुलर’ जारी गरेको छ । आजदेखि सुरु भ...

नेपालको वित्तीय समावेशीकरण सूचकाङ्क (Financial Inclusion Index)
17/07/2025

नेपालको वित्तीय समावेशीकरण सूचकाङ्क (Financial Inclusion Index)

17/07/2025

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ। केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय ....

श्रवण १, २०८२ देखि ध्यान दिनुपर्ने बुदाहरु:
17/07/2025

श्रवण १, २०८२ देखि ध्यान दिनुपर्ने बुदाहरु:

बार्षिक रु ५००,०००/- रकम नागरिक लगानी कोष द्वारा संचालित कर्मचारी वचत वृर्द्धि अवकाश कोषमा रकम कट्टी गर्दा  आयकर छुट पाई...
17/07/2025

बार्षिक रु ५००,०००/- रकम नागरिक लगानी कोष द्वारा संचालित कर्मचारी वचत वृर्द्धि अवकाश कोषमा रकम कट्टी गर्दा आयकर
छुट पाईने सम्बन्धी सूचना ।

12/07/2025

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको छ । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।

विदेशी मुद्रा सञ्चितिको अवस्था बलियो रहेको, ब्याजदर न्यून रहेको लगायत विद्यमान सहज परिस्थितिमा समग्र माग अभिवृद्धि गर्न मौद्रिक नीतिको कार्यदिशा केही लचिलो देखिन्छ ।

यसबाहेक मौद्रिक नीतिमा आएका नयाँ व्यवस्था के-के छन् ?

आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार गर्ने प्रक्षेपण गरिएको छ । यसको अर्थ राष्ट्र बैंकले कर्जा विस्तारलाई प्रोत्साहन गरेको भन्ने हो ।
ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । यसको अर्थ बजारमा मुद्रा आपुर्ति बढाउने र ब्याजदर बढ्न नदिने भन्ने हो ।
बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निस्कासन गरिनेछ । बजारमा ऋण दिन मिल्ने रकम धेरै बढ्ने भएपछि राष्ट्र बैंकले ऋणपत्रमार्फत दीर्घकालका लागि व्यवस्थापन गर्न चाहेको हो ।
निजी आवासीय घर निर्माण/खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरिनेछ । पहिलो घर निर्माण/खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ । यो व्यवस्थाले घरजग्गा क्षेत्रको व्यवसायमा विस्तार हुन्छ ।
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा आवश्यकतानुसार परिमार्जन गरिनेछ । यसमा के कस्तो परिमार्जन गर्ने भन्ने स्पष्ट नभए पनि उल्लिखित क्षेत्रमा प्रवाह भएको चालु पुँजी कर्जालाई सुविधा दिइन्छ भन्ने हो ।
विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिनेछ । यसमा के कस्तो परिमार्जन भन्नेबारे बोलिएको छैन ।
१० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ । यसरी प्रवाह हुने १० लाखसम्मको कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिनेछ ।
३ करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइनेछ । यी दुवै व्यवस्थाले साना कृषि कर्जालाई प्रोत्साहन गर्न सस्तो ब्याजदरको कर्जा प्रवाह गर्न चाहेको छ ।
ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ । यो व्यवस्थाले जलविद्युत् क्षेत्रका ऋणीले राहत पाउनेछन् ।
बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड बनाइनेछ । यसअघिसम्म व्यक्तिगत सेयर लगानीकर्ताले १५ करोडसम्म सेयर धितोकर्जा लिएकोमा अब २६ करोडसम्म लिन सक्नेछन् ।
चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिनेछ । चेक बाउन्स भएकै कारण कालोसूचीमा पर्ने अहिलेको व्यवस्थामा सहजीकरण गर्न खोजिएको छ ।
बैंक तथा वित्तीय संस्थाले गैरबैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न सकिने व्यवस्था गरिनेछ । यो व्यवस्थाले बैंक तथा वित्तीयय संस्थाको पुँजी कोषमा राहत हुनेछ ।
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिनेछ । सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि प्रक्रिया सुरु हुने देखिन्छ ।
विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिनेछ । अब बैंक तथा वित्तीय संस्थाको भौतिक शाखा विस्तारमा कडाइ गर्न चाहेको देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ । बोनसको अधिकांश सीमा बढ्न सक्ने सम्भावना छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको ३ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने र महिलाको हकमा यस्तो सीमा ५ लाख कायम गरिएको छ ।
भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई हाल प्रतिपटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३ हजार पुर्‍याइएको छ ।
विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गरिने भएको छ ।
वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाइनेछ ।
बैंक तथा वित्तीय संस्था एवम् अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ । ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।

12/07/2025

आ.व २०८२/०८३ को मौद्रिक निति

Address

Bharatpur, Chitwan
Bharatpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

9845150737

Website

Alerts

Be the first to know and let us send you an email when Ultimate Business Advisory Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ultimate Business Advisory Nepal:

Share

Category