24/07/2024
नमस्ते 🙏,
👮♂️ कर अधिकृतले परीक्षणका बखत स्टक बुकमा भएको भन्दा गोदाममा वास्तविक स्टक कम वा बढी भेटाएमा के हुन्छ ?
🚚 स्टक बुक भन्दा भन्दा गोदाममा कम स्टक भेटिएमा कर अधिकृतले निम्न बमोजिम गर्न सक्नेछ:
👉 उक्त वस्तुहरू बिक्री भएको मानि सोको बजार मूल्य निर्धारण गर्ने ।
👉 यसरी बिक्री कायम भएको रकमलाई सम्बन्धित आर्थिक वर्षको आय विवरण पेश गर्दा बिक्रीमा जोड्नुपर्छ ।
👉 यसरी कायम भएको बिक्री रकममा कर अधिकृतले कर योग्य बिक्रीको १३% भ्याट रकम, सो को १००% सम्म जरिवाना त्यस्तै थपदस्तुर र ब्याज समेत बुझाउनको लागि आदेश दिन सक्नेछ ।
👉 कर निर्धारण भइसकेपछि यसरी कम देखिएको स्टक परिमाण हरू कार्यालयले दिएको विवरणका आधारमा बिजक जारी नगरिकन सोझै स्टक बुकबाट घटाउन मिल्छ।
-----------------------------------------
🚚 स्टक बुक भन्दा गोदाममा बढी स्टक भेटिएमा कर अधिकृतले निम्न बमोजिम गर्न सक्नेछ:-
👉 बढी देखिएको स्टकको बजार मूल्य गणना गरेर सोको ५०% रकम जरिवाना गर्ने ।
👉 कर अधिकृतले कर निर्धारण गरेपश्चात फरक देखिएको उक्त स्टकलाई स्टक बुकमा आम्दानी (Inwards) देखाउनु पर्दछ ।
👉 ( यो व्यवस्था भ्याटमा दर्ता नभएका व्यवसायलाई लाग्ने छैन, भ्याटमा दर्ता भएका व्यवसायको हकमा भने कर लाग्ने तर कर छुट दुवै वस्तुहरूमा यो जरिवाना लाग्दछ । )
------------------------------------------
😎 यदि यसरी कर तथा जरिवाना तिर्नुपर्ने अवधिमा हजुरले पेश गर्ने भ्याट विवरणमा पाउनुपर्ने क्रेडिट भएमा, कर अधिकृत समक्ष निवेदन पेश गरी क्रेडिटले खामेसम्मको रकम नगद नतिरिकन उक्त क्रेडिट ब्यालेन्समा मिलान गर्न पाइन्छ ।
------------------------------------------
🤔 यस्तो जरिवानाबाट कसरी बच्ने त ?
💡 प्रत्येक सामानको बिक्रीमा अनिवार्य बिजक जारी गर्ने ।
💡 समय समयमा गोदाम र स्टक बुकको स्टक भिडाउने । फरक परेको भेटिएमा के कति कारणले फरक परेको हो पत्ता लगाई समायोजन गर्ने । (यस सम्बन्धमा आफ्नो लेखा/कर परामर्शदाता सँग सल्लाह लिनुहोला ।)
💡 मौज्दात परीक्षणका क्रममा आउने कर अधिकृतलाई सामानको प्रकृति स्पष्ट खुलाई आफूले स्टकमा राखेको स्टकको प्रकृति बमोजिम गणना गर्न सहयोग पुर्याउने ।
📞 थप जानकारीका लागि नजिकैको करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालयमा सम्पर्क राख्नुहोला ।
स्रोत कर नेपाल