07/12/2024
📢 नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सूचना
लेखापरीक्षण गर्न पाउने हद रकम परिमार्जन!
परिषदको ३३० औं बैठक (मिति: २०८१/०३/२९) को निर्णय अनुसार, पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरूको लागि लेखापरीक्षण गर्न पाउने हद रकम नेपाल राष्ट्र बैंकको थोक मूल्य सूची (Wholesale Price Index) को आधारमा संशोधन गरी २०८१ श्रावण १ गतेदेखि लागु हुने व्यवस्था गरिएको छ।
नयाँ हद रकम यसप्रकार छन्:
• ख वर्ग: रु. १ अर्ब ५२ करोड
• ग वर्ग: रु. ३८ करोड
• घ वर्ग: रु. १३ करोड
स्पष्टीकरण:
• “रकम” भन्नाले वासलातमा उल्लेखित जायजेथा वा दायित्व बुझिन्छ।
• वासलात तयार नगर्ने संस्थाको हकमा, यो नाफा-नोक्सान वा आम्दानी-खर्चको कुल रकमलाई जनाउँछ।
थप जानकारीका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आधिकारिक सम्पर्क माध्यम प्रयोग गर्नुहोस्।