TRP Business Solution

TRP Business Solution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TRP Business Solution, Tax preparation service, Dhangadhi.

TRP Business Solution Pvt Ltd is providing services related to Company Registration, PAN Registration, Monthly VAT,TDS filing, Part time or full time Accountant Services, Making Business Proposal/Feasibility Report etc.

अत्यन्तै विवादित र आलोचित बनिरहेको विद्युत खपतमा VAT:  हालैको बजेट व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा...
31/05/2026

अत्यन्तै विवादित र आलोचित बनिरहेको विद्युत खपतमा VAT: हालैको बजेट व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा सहुलियत दर (५%) भ्याट लगाउने व्यवस्था गरिएको।

कहाँ उल्लेख छ त?

बजेट वक्तव्य: बुँदा ६९ (ख)
आर्थिक विधेयक, २०८३: बुँदा ५५
भ्याट दर: ५% (सहुलियत दर)

📢 करदाताका लागि सुनौलो अवसर!आर्थिक विधेयक, २०८३ द्वारा ब्याज, शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहाको विशेष व्यवस्थानेपाल ...
31/05/2026

📢 करदाताका लागि सुनौलो अवसर!
आर्थिक विधेयक, २०८३ द्वारा ब्याज, शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहाको विशेष व्यवस्था
नेपाल सरकारले आर्थिक विधेयक, २०८३ मार्फत करदाताहरूलाई बक्यौता कर तथा अन्तःशुल्क दायित्व फर्छ्योट गर्न विशेष छुटको व्यवस्था गरेको छ।
✅ विवरण पेश गरिसकेका तर कर तथा अन्तःशुल्क बक्यौता रहेका करदाताका लागि
मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ तथा अन्तःशुल्क ऐन, २०५८ बमोजिम विवरण पेश गरिसकेका तर २०८३ साल जेठ १५ गतेसम्म बक्यौता रहेको कर तथा अन्तःशुल्क रकम र सोको १% थप रकम २०८३ साल पुष मसान्तभित्र बुझाएमा सो रकममा लागेका ब्याज, शुल्क, थप दस्तुर, जरिवाना तथा विलम्ब शुल्क पूर्ण रूपमा मिनाहा हुनेछ।
✅ कर निर्धारणबाट सिर्जित बक्यौता दायित्व भएका करदाताका लागि
आन्तरिक राजस्व विभाग वा मातहतका कार्यालयबाट २०८३ साल जेठ १५ गतेसम्म कर निर्धारण वा संशोधित कर निर्धारण भई दायित्व सिर्जना भएको अवस्थामा, निर्धारण भएको कर तथा अन्तःशुल्क रकम र सोको १% थप रकम २०८३ साल पुष मसान्तभित्र बुझाएमा सोमा लागेका शुल्क, थप दस्तुर, जरिवाना, ब्याज तथा विलम्ब शुल्क मिनाहा हुनेछ।
⚠️ ध्यान दिनुहोस्
दूरसञ्चार सेवा प्रदान गर्ने व्यवसायमा संलग्न करदाताले भने यो सुविधाको लाभ लिन पाउने छैनन्।
⏳ समयमै लाभ लिनुहोस्
वर्षौंदेखिको कर बक्यौता, ब्याज र जरिवानाको भारबाट मुक्त हुने यो विशेष अवसर सीमित अवधिका लागि मात्र उपलब्ध छ। आर्थिक विधेयक, २०८३ ले प्रदान गरेको यस सुविधाको अधिकतम लाभ लिन समयमै आवश्यक प्रक्रिया पूरा गर्नुहोस्।
📞 9821663728 थप जानकारी तथा परामर्शका लागि सम्पर्क गर्नुहोस्:
TRP Business Solution Pvt Ltd🇳🇵
#

30/05/2026
बजेट २०८३ सूचना: स्वास्थ्य समता शुल्क ३% निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकहरूले बिरामीबाट असुल गर्ने सबै प...
30/05/2026

बजेट २०८३ सूचना: स्वास्थ्य समता शुल्क ३%

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकहरूले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवामा ३% स्वास्थ्य समता शुल्क लगाइने व्यवस्था गरिएको छ। सेवा प्रदायकले उक्त शुल्क बिलमा छुट्टै उल्लेख गरी असुल गर्नुपर्नेछ र संकलित रकमको विवरण तथा रकम तोकिएको अवधिभित्र सम्बन्धित कर कार्यालयमा दाखिला गर्नुपर्नेछ। शुल्क नबुझाए वा विवरण पेश नगरेमा ब्याज, जरिवाना तथा कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको छ।

📢 बजेट २०८३: शिक्षा समता शुल्क सम्बन्धी व्यवस्थासरकारले बजेट २०८३ मार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्या...
30/05/2026

📢 बजेट २०८३: शिक्षा समता शुल्क सम्बन्धी व्यवस्था

सरकारले बजेट २०८३ मार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा ३% शिक्षा समता शुल्क लगाउने व्यवस्था गरेको छ।

मुख्य बुँदाहरू:
✅ निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयले लिने शुल्कमा ३% शिक्षा समता शुल्क लाग्ने।
✅ सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित संस्थालाई भने यो शुल्क लाग्ने छैन।
✅ शुल्क विद्यार्थीबाट असुल गरी सम्बन्धित निकायमा दाखिला गर्नुपर्ने।
✅ समयमै दाखिला नगरेमा ब्याज तथा जरिवानाको व्यवस्था रहने।

🎓 उद्देश्य: शिक्षा क्षेत्रमा समता, पहुँच र गुणस्तर अभिवृद्धिका लागि अतिरिक्त स्रोत व्यवस्थापन गर्नु।

#शिक्षा_समता_शुल्क #नेपाल_बजेट

📢 बजेट २०८३ अपडेट🚖 राइड सेयरिङ सेवा र ⚡ विद्युत सेवामा अब ५% VAT लागू हुने व्यवस्था गरिएको छ।
30/05/2026

📢 बजेट २०८३ अपडेट
🚖 राइड सेयरिङ सेवा र ⚡ विद्युत सेवामा अब ५% VAT लागू हुने व्यवस्था गरिएको छ।

📢 कम्पनी नवीकरण तथा विवरण पेश गर्नुभएको छैन?आर्थिक ऐन, २०८३ को दफा ४८ अनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरू...
30/05/2026

📢 कम्पनी नवीकरण तथा विवरण पेश गर्नुभएको छैन?
आर्थिक ऐन, २०८३ को दफा ४८ अनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले नवीकरण नगरेको, विवरण पेश नगरेको वा तिर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना बाँकी रहेको अवस्थामा विशेष छुटको व्यवस्था गरिएको छ।
✅ २०८३ असोज मसान्तभित्र आवश्यक विवरण पेश गरेमा
✅ कम्पनी सञ्चालन कायम राख्न वा दर्ता खारेज गर्न चाहने कम्पनीहरूका लागि
👉 सो मितिसम्म लागेका सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ।
⏳ अवसर सीमित समयका लागि मात्र भएकाले समयमै प्रक्रिया पूरा गर्नुहोस्।

आदरणीय करदाताहरूमा नमस्कार। 🙏आर्थिक ऐन, २०८३ अनुसार विभिन्न कर छुट, जरिवाना मिनाहा तथा अन्य विशेष सुविधाहरू लागू भएका छन...
30/05/2026

आदरणीय करदाताहरूमा नमस्कार। 🙏
आर्थिक ऐन, २०८३ अनुसार विभिन्न कर छुट, जरिवाना मिनाहा तथा अन्य विशेष सुविधाहरू लागू भएका छन्। सम्बन्धित करदाता महानुभावहरूलाई तोकिएको समयभित्र यी छुट तथा सुविधाहरूको अधिकतम लाभ लिन हार्दिक अनुरोध गर्दछौं।
थप जानकारी तथा आवश्यक परामर्शका लागि TRP Business Solution Pvt. Ltd. मा सम्पर्क गर्नुहोस्।
समयमै जानकारी लिनुहोस्, सुविधा उपयोग गर्नुहोस् र आफ्नो कर दायित्व सहज रूपमा व्यवस्थापन गर्नुहोस्।
धन्यवाद। 🙏

New Tax Rate 2083
29/05/2026

New Tax Rate 2083

करमा भएका मूख्य ११ वटा परिवर्तनहरु
29/05/2026

करमा भएका मूख्य ११ वटा परिवर्तनहरु

Address

Dhangadhi

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when TRP Business Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share