04/09/2024
1 मिनेट समय निकालेर अवश्य पढ्नुस.
अहिलेको घटनामा मेरो राजनीतिक टिप्पणी, जहाँ जनताले केपी ओलीलाई फेसबुकमा अनफलो गरिरहेका छन्, त्यसको कारण जे सुकै होस्, यथार्थलाई स्वीकार गर्नुपर्छ ।
प्रधानमन्त्रीलाई अनफलो गर्ने प्रवृत्ति हास्यास्पद लाग्न सक्छ, ट्रिगर प्वाइन्ट जे सुकै होस्, जनता सरकार (विगतका सरकारहरू समेत) र प्रणालीबाट निराश छन् भन्ने वास्तविकतालाई स्वीकार गर्नु पर्छ।
अहिले जनताले फेसबुकबाट अन्फलो गरेका छन्, समय मै बुद्धि न खुले राजनीतिबाट पनि अन्फलो गर्दिन्छन् l
ओलीभक्तहरुले यसलाई हल्कामा लिनुको सट्टा यस्ता घटनाबाट केहि पाठ सिके फाइदा हुन्छ होला l जनतामा आक्रोश छ, यसलाई स्वीकार गर्नै पर्छ l आफुलाई ''मै'' हुँ भन्ने न ठान्नुस, सानो सानो घटनाले भविष्यमा ठुलो दुर्घटना गर दिन सक्छ l सानो ठुलो जे भएपनि जनताको आक्रोशलाई बेलैमा सम्झेर सम्हलनुस्, नत्र राजनीतिबाट होइन, बरु देशबाट नै भाग्नु पर्ला l
भर्खरको उदाहरण बंगलादेश हो, शेख हसिना २०
वर्ष सम्म (१५ वर्ष लगातार) प्रधानमंत्री थिइन, सके सम्म जनताको आक्रोशलाइ दबाउन सबै प्रयास गरिन्, त्यस्तालाइ त जनताले देश छोड्न बाध्य बनाई दिए जाबो केपी शेरबहादुर प्रचण्ड के नै हुन्, त्यसका अगाडी l
अन्तत: राजनीति कसैको जागिर होइन, थोरै समयको लागि पनि मौका पाउनु हुन्छ भने राम्रो काम गर्नुस, गर्न न सके कुर्शी छाड्नुस, बहाना दिने काम न गर्नुस l जनताको सानो भन्दा सानो आक्रोशलाइ सम्झेर अगाडी बढ्दा फाइदा हुन्छ l
देश बर्बाद भए हामी सबै बर्बाद हुन्छौ, नेताहरु त झोला उठाएर भागी हालछन् l हामी आफैमा लडेर मर्छौ l
नेताको भक्त होइन देशभक्त बनौ l
पशुपतिनाथले हामी सबैको रक्षा गरुन l 🙏🙏