Hamro Beldandi, Hamro Kanchanpur

Hamro Beldandi, Hamro Kanchanpur beldandi kanchanput

14/03/2019

Now join your squad with unlimited Gaming data pack while going for a mission!

With your 1-hour unlimited Gaming pack, play your favorite games wherever you are, whenever you like. Type U and send it to 17123 to buy for Rs. 22.60/hour (incl. taxes). For more details, go to https://bit.ly/2oxxeKc.

Game On!

01/03/2019

Celebrate Togetherness!
Who have you become close to in the last 10 years through your Ncell number?
Use the hashtag to post your story with a photo about who you became close with on your Facebook profile and get a chance to win a latest smartphone every week for 5 weeks. Click on https://bit.ly/2Dw4Pe9 to get more information on how to participate.

02/07/2017

बेल्डाडी गाउपालिकाको मतगणना सम्पन्न अध्यक्षमा ने क पा एमाले
धन बहादुर थापा र उपाध्यक्षमा एमालेका कमला कार्कि बिजय
निर्वाचित अध्यक्ष , उपाध्यक्ष लगायत वडा नम्बर 5 पनि एमालेको
प्यानल लाई बधाई तथा कार्यकाल पाँच बर्ष सफल रहोस शुभकामना ।

02/07/2017

बेलडाडी 3 मा कांग्रेसको प्यानल बिजयी भएको छ। अध्यक्ष दुर्गा
प्रशाद चौधरी , सदस्य पुस्प कमल पण्डित , सदस्य तारा गिरि , सदस्य
पिल्चेे चौधरी , सदस्य पदमा सुनार बिजयी भएको हो ।

01/07/2017

- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको
प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल
आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
- दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक
बने ।
भने
तपाइ पनी प्रयास गर्नु होस अवश्य
सफल हुनु हुनेछ !!

01/07/2017

beldandi ga pa 2 ma uml pyanal purai bijayi

30/06/2017

beldandi 1 ma umale ko purai pyanal bijaye

09/11/2015

४० लाखलाई बितरण गरिएको
नागरिकता हाललाई बदर गरेर
अनुसन्धान गरि योग्यलाई दिने.. अनि दोषी कर्मचारी र नेता
लाई खोरमा हाल्ने हिम्मत
सरकारले गर्नै पर्छ ... होइन भने यी
तथाकथित मधेसीबाट
भविष्यमा अनेकौं अमानवीय
पिडा नेपालीले झेलिरहनु पर्नेछ ।
Dear Nepali heart, you may copy
status at your wall and hit the like ...
Let's make it viral.
# copied

अन्ततः नाकाबन्दी गरेको भारतलाई संयुक्त राष्ट्रसंघलेकारवाही गर्नेनेपाललाई गर्न सकिने सहयोगबारे छलफल हुँदैदैनिक नेपाल २०७२...
31/10/2015

अन्ततः नाकाबन्दी गरेको भारतलाई संयुक्त राष्ट्रसंघले
कारवाही गर्ने
नेपाललाई गर्न सकिने सहयोगबारे छलफल हुँदै
दैनिक नेपाल २०७२ कार्तिक १४ गते १३:२४
काठमाडौं, १४ कात्तिक । नेपालमा अघोषित
नाकाबन्दी
गरी
मानवीय अधिकारको हनन गर्दै आइरहेको भारतलाई संयुक्त राष्ट्रसंघले
कारवाही गर्ने
तयारी गरेको छ ।
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्रसंघले
आगामी सुरक्षा परिषद् बैठकमा भारतलाई
कारवाही गर्ने विषयमा छलफल हुने जनाएको हो
। हाल आफूलाई सुरक्षा परिषदमा स्थायी सदस्य दिनुपर्ने माग गरिरहेको भारतलाई अस्थाई सदस्यबाट समेत हटाउने बारेमा राष्ट्रसंघले
तयारी गरेको हो ।
यद्यपी त्यसका लागि नेपालले आधिकारिक रुपमा भारतले
नाकाबन्दी गरेको भनेर सुरक्षा परिषद बैठकमा
जानकारी गराउनुपर्नेछ । यस विषयमा राष्ट्रसंघका
राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले
प्रधानमन्त्री
केपी शर्मा
ओली र निवर्तमान
प्रधानमन्त्री
सुशील कोइरालासँग शुक्रबार टेलिफोन संवाद गर्नुभएको छ

राष्ट्रसंघद्धारा जारी वक्तव्यमा सुरक्षा परिषद् बैठकमा नेपालको
मानवीय संकट र
भारतीय
नाकाबन्दीका विषयमा छलफल हुनुअघि उपमहासचिव फेल्टमेनले नेपालसँग सम्पर्क गर्नुभएको हो
। फोनवार्तामा प्रधानमन्त्री
ओली र निवर्तमान
प्रधानमन्त्री कोइरालाले स्पष्ट जवाफ दिन नसकेको र पछि नेपालले आधिकारिक धारणा पठाउने कुरा राष्ट्रसंघलाई
जानकारी गराउनुभएको थियो ।
यसपटकको सुरक्षा परिषद बैठकमा अहिलेको विषम परिस्थितीमा नेपाललाई गर्न सकिने सहयोग बारे समेत छलफल हुने जनाइएको छ
। सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय
नाकाबन्दीका कारण परेको
मानवीय समस्याबारे
केही बोल्न सकेको छैन । पारवहान असहज भएको र
छिमेकी भारतसँग छलफल भइरहेको मात्र भनिरहेको छ

यसअघि युरोपेली संघले पनि भारतलाई
नाकाबन्दी खोल्न र नेपालको असहज
परिस्थितीलाई सहज बनाउन निर्देशन दिइसकेको छ

02/10/2015

राजेन्द्र महतो
कसरी
नेपाली ?
काठमाडौं । भारत विहारको सोनवर्षामा जन्मेका
राजेन्द्र महतोले नेपाली नागरिकता
बाबुले भन्दा पनि पहिले कसरी लिए
भन्ने बहश चलिरहेको छ । २०२७ सालमा
नेपाली नागरिकता लिएका महतोबा
बाबुले २०२९ सालमा मात्रै नागरिकता लिएको खुल्न
आएको छ ।
भारत विहारको सोनवर्षामा जन्मेर हुर्केर
२०२७ सालमा नेपालको नागरिकता लिएपछि उनका
बाबुले २ वर्षपछि नागरिकता पाएका राजेन्द्र
महतो दोस्रो संविधानसभाको चुनावमा हारेपछि
बडो क्रान्तिकारी भएर निक्लिएका छन्
। भारत र नेपाल दुवैतिरको नागरिकता बोकेर बसेका
राजेन्द्र महतो भोलि भारतका निम्ति पनि
अभिसाप हुन सक्छन् । भारतसँग पुरानो नेपाल
फिर्ता गरको नारा दिन सक्छन् ।
दिव्यचक्षु साप्ताहिक अगाडि लेख्छ, भारतबाट
नेपाल छिरेका राजेन्द्र महतो चार दशकमै चार
पटक साँसद भैसकेका र तीन पटक
स्वास्थ्य, आपूर्ति र वाणिज्य मन्त्री
भए । अब यी महतो कस्ता
भैसकेका छन् भने तराई उनकैबाबुको
बपौती र आमाको दाइजो जस्तो गरेर
सङ्घीयताका नाममा सिङ्गै तराई माग्न
लागेका छन् । भोलि यसैगरी उन्ले
भारतसँग पुरानो नेपाल फिर्ता गर भनेर
साम्राज्यवादी
फिरङ्गीहरुको आडमा भारतलाई
तर्साउने छन् ।
राजेन्द्र महतोको किर्ते नागरिकताका बारेमा
गृह मन्त्रालय र अख्तियार दुरुपयोग
अनुसन्धान आयोगमा उजूरी परेपछि
छानविन हुँदै थियो । २०६२÷६३ को आन्दोलन र
त्यसपछि तराई आन्दोलनले यस कुरालाई छायाँमा पा
¥यो । तराई आन्दोलनका समयमा आफूले
नागरिकता लिएको सिडिओ कार्यालयमा आगो झोसेर
आफ्नो नक्कली नागरिकताको ढड्डा नै
डढी सक्यो । के को छानविन गर्छ ?
कसरी छानविन गर्छ ? भनेर राजेन्द्र
महतो फूर्ति गर्दै हिँडेका छन् । यो उनको
फूर्ति छानविनको प्रक्रिया अगाडि नबढुञ्जेलको
मात्रै हो ।
यस्तो छानविन गरिए एकजना महन्थ र अर्को
महेन्द्र पनि फेला पर्ने छन् ।
केन्द्रीय स्तरमै तीन
जना रेड्ह्याण्ड फेला पर्छन् भने जिल्ला र
स्थानीय तहमा
यिनीहरुको चपेटा कति होलान् ?
सक्कली नेपालीलाई तराई
फुटाउनु परेको छैन । तराई फुटाउन खोज्नेहरु
घुसपैठवादी नेताहरु हुन् ।
सङ्घीयता उनीहरुकै
योजना हो । जुन नेपालको हितमा छैन ।

30/09/2015

६३ वर्षदेखि भारतकाे
नागरीकता
प्रयास सम्बधि
षड्यन्त्रको
इतिहास( सबैले
बुझ्नै/पढ्नै पर्ने)
भरत दाहाल
निर्वाचनका लागि
प्रधानमन्त्री चयन
गर्ने बहानालाई लिएर
सहमतिका नाममा फेरि पनि
नागरिकताको मुद्दा सर्तका रुपमा
उठेको छ । ०६३ सालपछि ०४७
साल चैत्र मसान्तसम्मको
जन्मलाई आधार बनाएर ‘एक
पटकका लागि’ भनि
नागरीकता
दिईएकाहरुबाट पहिल्यै
भारतमा जन्मेका निजका
सन्तानहरुलाई वंशजका आधारमा
र संविधानसभाको निर्वाचनमा मतदाता
नामावलीमा सामेल
गरिएका सबै व्यक्तिहरुलाई
नेपाली नागरिकता
दिनुपर्ने मधेशवादी
गुटहरुको मागले नेपालको
अस्तित्वलाई थप चुनौतिको दिशातिर
धकेलेकोे छ । फेरिपनि यो मुद्दा ४
दलिय छलफलको एजेण्डा बन्नुले
यस्ता दलहरुको औचित्यका
बारेमा प्रश्न उठाउनु पर्ने बेला पनि
आएको छ ।
नागरीकताको कृत्रिम
समस्याभित्रको
गंभीरतालाई बुझ्नका
लागि यससंग जोडिएका दुईवटा
पक्षहरुमाथि ध्यान
केन्द्रीत गर्न
आवश्यक छ । पहिलो पक्ष
के हो भने
माओवादी विद्रोह र
जनआन्दोलको समयमा कसैद्वारा
कहिल्यै पनि नउठाईएको यो
मुद्दा ०६३ सालमा संसदको
पुनस्र्थापना भएपछि सरकार र ८
दलका नामबाट पहिलो
प्राथमिकताका साथ गरिएको
राजनितिक निर्णय हो । यसैबाट
थाहा हुन्छ कि यो १२ बुँदे
समझदारीमा नलेखिएको
दिल्लीको एउटा मूख्य
सर्त हो । दोश्रो पक्ष यो हो
कि ०६३ सालपछि यो नै एकमात्र
यस्तो मुद्दा हो, जसले
दलीय सहमतिका
नाममा निरन्तरता पाउन सफल
भएको छ । देशका सबै
मुद्दाहरुमा असहमति र
नागरिकता वितरणमा सहमति नै
१२ बुँदे पछिको दलीय
सहमतिको विषेशता रहेको छ

आफुभन्दा साना र कमजोर
छिमेकी देशहरुमा
जनसंख्या अतिक्रमण गरेर यस्ता
देशहरुलाई विलय, नियन्त्रण वा
विभाजन गर्ने भारतीय
नीति नयाँ होइन ।
फिजी,
श्रीलंका, तात्कालिन
पूर्वी पाकिस्तान
(हालको बंगलादेशं), भुटान,
मालदिभ्स लगायतका देशहरु
धेरै पहिलेदेखि भारतको यो
नीतिको शिकार हुँदै
आएका छन् । नेपालमा
राजाहरुको शासनकालमा असफल
भएको यो मुद्दा भारतले विसं
२०१० सालदेखि नै उठाउन लगाएको
छ । १२ बुँदेपछि मात्र त्यसले
जनसंख्या अतिक्रमणलाई
संवैधानिक आधार दिलाउन सफल
भएको हो ।
शासकवर्गको निम्नस्तरको सत्ता
र पैसा लिप्साका कारणले
नागरीकताको नक्कलि
मुद्दा देशका लागि कति भयावह
बनिसकेको छ भन्ने कुरा ०४९
जेठ ३० गते कपिलवस्तुबाट
बंशजको आधारमा
नेपाली
नागरीकता लिने
कुख्यात भारतीय
अपराधि बब्लु
श्रीवास्तवको यो
भनाइले काफि हदसम्म स्पष्ट
पार्दछ । उनले भनेका छन् ‘जुन
मुलुकमा ५० लाख , १ करोड
खर्च गरेकै भरमा सिधै
प्रधानमंत्रीसंग बस्न
सकिन्छ, त्यस्तो देशमा के गर्न
सकिन्न र ? नागरीकता
त मिनेटमैं पाउन सकिन्छ
।’ (चक्रब्युहमा चन्द्र सूर्य,
सरोजराज अधिकारी)
जमीम साह, फैजान
अहमद लगायत नेपालका
जानेमानेका व्यक्तिहरुको
हत्या गर्ने अपराधिहरु
नक्कली
नागरीकता लिएका
भारतीयहरु थिए
भन्ने तथ्यले यहाँको
नागरीकताको मामिला
देशका लागि कति खतरनाक
भैसकेको छ भन्ने विषयको
गंभीरतामाथि प्रकाश
पार्दछ ।
नेपालमा प्रयास
नेपालको नागरिकता नीति
आफ्ना नागरिकहरुको सुलभ
पहुँचभित्रको विषय बन्नुपर्छ
भन्ने भारतीय चिन्तन
नेपाललाई भारतको अंग ठान्ने
विस्तारवादी सोंचबाट
उत्पन्न भएको छ ।
“नेपालीहरुले
कदापी विर्सनु
हुन्नकि
उनीहरुको देश
सदासर्वदा भारतकै अभिच्छेद्य
अंग रहेको छ” भन्ने आचार्य
कृपलानी होउन वा
“नेपालमा पनि हैदरावाद जस्तै
भारतीयहरु माथि
अमानुषीत अत्याचार
भैरहेको छ” भनेर नेपाललाई
“भारतीय संघको
स्वतन्त्र सदस्य बनाउनु
पर्छ” (२००७ कार्तिक) भन्ने
सरदार बल्लभ भाइ पटेल
होउन, सबै
भारतीय
शासकहरुले आफ्नो अंगका
रुपमा नेपालभित्रका यावत्
नीतिहरु बन्नु
पर्दछ भन्ने सोंचाइ राख्दछन् ।
नागरीकताबारे पनि
उनीहरुको
दृष्टिकोण प्रारंम्भदेखि नै यहि
रहेको छ ।
२००८ साल माघमा तात्कालिन
मन्त्री
भद्रकाली मिश्रले
नेपाली सेनामा विश्वास
गर्न नसकिने भन्दै सेनामा
भारतीय
नागरीकहरुलाई
भर्ति गर्नुपर्ने र काठमाडौं
लगायतका नेपालका विभिन्न
स्थानहरुमा १० हजार
भारतीय सेना
राख्नुपर्ने प्रस्ताव
मंन्त्री परिषदको
वैठकमा राखेका थिए । मातृका
सरकारले २००९ सालमा
नागरीकता कानुन
जारी गरेर २ वर्षदेखि
नेपालमा बसोबास गर्दै आएका सबै
भारतीयहरुलाई
आदिवासीका नाताले
नेपाली नागरिकता दिन
सुरु गर्यो । यो कानुन २०१९ पौष
१ गते महेन्द्रले नयाँ संविधान
जारी गरेपछि खारेज
भयो । ६ जुन १९८० (वि.सं.
२०३७) को त्जभ
क्तबतभकmबल नामक
भारतीय पत्रिकाले
नेपालमा बसेका कुल ३८ लाख
भारतीयहरु मध्ये
२३, ८७, ९७३ ले
नेपाली नागरिकता
पाईसकेको तथ्यांक सार्वजनिक
गरेको थियो ।
२०५१ सालमा मनमोहन
सरकारको पालामा बनेको धनपति
आयोगले जनसंख्या अतिक्रमण
भएको निष्कर्ष निकाल्दै सिमा
बन्द गर्नुपर्ने सिफारिस ग¥यो,
जसलाई उक्त आयोगका सदस्य
राजेन्द्र महतोले विरोध गरेका
थिए । २०५२ सालमा महन्थ
ठाकुरको कार्यदलले ०४७ साल
कार्तिक महिनालाई आधारबर्ष
मानेर नेपालमा बसेका जम्मै
विदेशीहरुलाई
नागरिकता दिनुपर्ने कुरा सुझाव दियो
। तर लागु भएन । २०५४ सालमा
जीतेन्द्रदेवको
अध्यक्षतामा गठित नागरिकता
वितरण आयोगले ६ दिनभित्र
३४,००० भन्दा बढी
गैर नेपालीहरुलाई
नागरिकता वितरण गर्यो । यो
कदमलाई २०५८ साउन ९ को
सर्वोच्च अदालतको फैसलाले
खारेज गरिदिएको थियो । यसैगरि
२०५४ सालमा बामदेव गौतमको
गृहमन्त्रालयले स्थानिय
निर्वाचन निर्देशिका
जारी गरेर स्थानिय
चुनावमा उठ्न र भोट हाल्न
नागरिकता नचाहिने ब्यवस्था
गरेको थियो । यसलाई पनि
अदालतको निर्णयले खारेज गरेको
थियो । २०५७ जेठमा राज्य
ब्यवस्था समितिले पारित गरेको
नागरीकता संबन्धि
निर्णयलाई प्रतिनिधिसभाले पारित
गरेर अर्थ विधेयकभित्र घुसाई
अनुमोदनका लागि राष्ट्रियसभामा
पठाएको थियो तर राष्ट्रिय सभाले
फिर्ता पठायो । प्रतिनिधिसभाले पुनः
साउन ११ गते त्यसलाई पारित ग
¥यो । यो निर्णय
स्वीकृतीका
लागि राजाकहाँ पठाए पछि उनले
सर्वोच्चमा राय मागे । सर्वोच्चले
२०५८ बैशाख १२ मा त्यसलाई
गैरसंवैधानिक घोषित गर्यो ।
विभिन्न रुपमा प्रयोग गरिएका
यी सबै
हतकण्डाहरु पूर्ण रुपमा
सफल हुन नसकेपछि
दिल्लीले
माओवादी युद्धको
संवेदलशिल अवस्थालाई चयन
गरेको देखिन्छ । बाह्रबुँदे
समझदारीपछि २०६३
साल भदौ २१ गते सरकारबाट ०४७
साल चैत्रभित्रको जन्मका आधारमा
नेपालमा बसोबास गर्ने सबै
‘ब्यक्ति’हरु लाई
नागरीकता दिने भनि
विधेयक पारित गरी ८
दलका बीचमा
सहमति गरियो र त्यसलाई
अन्तरिम संविधानमा सामेल गरियो ।
बाबुराम सरकारको गठनका लागि
मधेशी मोर्चा र
एमाओवादीका
बीचमा २०६८ भदौ १०
गते भएको ४ बुँदे सम्झौतामा
नागरिकतालाई सहज र सरल
रुपमा वितरण गर्ने सहमति भयो
। एमाओवादी र
मधेशी मोर्चाका
बीचमा भएको यहि
सहमतिलाई आधार बनाएर ०६८
माघ २० गते
मन्त्रीपरिषदले गरेको
निर्णयानुसार २४ गते
गृहमन्त्री विजय
गच्छेदारले ०६३ सालपछि जन्मका
आधारमा नागरिकता लिएका
विदेशीहरुका
सन्तानहरु, जो नागरिकता लिनु
पूर्व नै जन्मेका थिए, लाई वंशजको
आधारमा नागरीकता दिनु
भनि जिल्ला प्रशासन
कार्यालयहरुलाई आदेश दियो ।
झापाका तात्कालिन प्र.जि.अ.ले
यस्तो गैर संवैधानिक आदेश
कार्यान्वयन गर्न इन्कार गरेपछि
उनललाई कार्वाहि स्वरुप
त्यहाबाँट सरुवा गरियो । यो
आदेशलाई सर्वोच्च अदालतले
खारेज गर्यो ।
१२ बुँदे र
नागरीकता
रणनीति
नेपालभित्र रहेका वा नरहेका
भारतीयहरुलाई
विभिन्न बहानामा
नागरीकता दिने
हालको संवैधानिक ब्यवस्था
माओवादी युद्धको
नियतीसंग जोडिएर
आएको विषय हो । संसदको
पुनसर्थापनापछि आठ
दलीय कार्यभारको
पहिलो नम्बरमा परेपछि
श्रृंखलाबद्धरुपमा घटेका
घटनाहरुको समग्र
सन्दर्भभित्र मात्र
नागरीकता
रणनीतिको अर्थलाई
ठम्याउन सकिन्छ । अन्तरिम
संविधानमा ‘एक पटकका लागि’ भनेर
जन्मका आधारमा नागरिकता वितरण
गर्ने ब्यवस्था गरिएको थियो ।
भारतीय
नागरीकहरुलाई
लक्षित गरी बनाईएको
यो ऐन कार्यान्वयन हुनसाथ
०६४ साल असोज महिनाको तेश्रो
हप्तामा भारतको पटनामा
तात्कालिन भारतीय
विदेश मन्त्रालयकी
सहसचिव प्रितिशरण कौरको
उपस्थितिमा राजेन्द्र महतो,
महन्थ ठाकुर, ज्वाला सिं,
जयकृष्ण गोइत लगायतका
ब्यक्तिहरुको बैठक बसेर तराइ
रणनीतिमा छलफल
गरेको थियो । बैठकमा भएको
सहमति अनुसार
मंसीर महिनामा
तात्कालिन कृषिमन्त्री
महन्थ ठाकुर र सांसदहरु
जेपी गुप्ता,
हृदयेश त्रिपाठी,
राजेन्द्र महतो लगायतका ८
जना ‘मधेशी’
नेताहरुले आ–आफ्नो पदबाट
राजीनामा गरे र
एमाओवादी, कांग्रेस
तथा एमालेमा रहेका
भारतीय मुलका द्वेध
नागरीकहरुलाई
अलग्याएर मधेशवादी
गुटहरुको गठन गर्ने प्रकृया
सुरु भयो । यसै दौरानमा महन्थ
ठाकुरलाई अघि सारेर तमलोपा
बनाईयो भने विजय गच्छेदार
लगायतका केहि
ब्यक्तिहरुलाई उपेन्द्र यादवको
फोरममा पठाईयो ।
०६३ माघ २ गते देखि फोरमले
आन्दोलनको घोषणा गरेको थियो ।
आन्दोलनमाथि भएको दमनका
विरुद्ध फोरमले
गृहमन्त्रीको
राजीनामा, दमनको
छानविनका लागि आयोगको गठन र
समावेशी समानुपातिक
प्रणालीको माग राखेको
थियो । तर ध्यान दिन लायक
रहस्यमय कुरा के छ भने
सरकारले आन्दोलनका
आव्हानकर्ता, समर्थक दुबै
नभएका राजेन्द्र महतो र
ऋदयेश त्रिपाठीलाई
१५ गते मधेशी
प्रतिनीधिका नाममा
वार्तामा बोलायो । पुनः २४ गते
महतो र
त्रिपाठीसंग भएको
वार्तामा सरकारले संपूर्ण तराईलाई
‘मधेश’को नामले संवोधन गर्ने,
संघियतालाई अन्तरीम
संविधानमा सामेल गर्ने र समान
जनसंख्याका आधारमा निर्वाचन
क्षेत्रको निर्धारण गर्ने
सहमति गर्यो ।
मधेशी गुटहरुको
गठनपछि ०६४ फागुन १ गते देखि
‘समग्र मधेश, एक प्रदेश’ मा
केन्द्रीत आन्दोलन
सुरु भयो । सोहि महिनाको
फागुन ७ र ८ गते
भारतीय दुतावासभित्र
राजदुतको उपस्थितिमा कांग्रेसका
प्रतिनिधिहरु र
मधेशी प्रतिनिधिका
रुपमा अनिल कुमार झाँ, राजेन्द्र
महतो, महन्थ ठाकुर,
उपन्द्र यादव बसेर स्वायत्त
मधेश प्रदेशको स्थापना र
मधेशीको छुटै सैन्य
संरचना बनाउने विषयमा सहमति
गरे । त्यसलाई सरकारले
अनुमोदन ग¥यो । सो
सहमतिलाई पुष्पकमल
दाहाल र माधव नेपालले
बाहिरबाट समर्थन जनाएका थिए

नागरीकता ऐनबाट
वितरण गरिने नक्कली
नागरीकताहरुको
निर्णायक भूमिका स्थापित गर्नका
लागि तराईमा बसोबास गरेका
पहाडी मुलका
नेपालीहरुमाथि
त्यसबेला भएको बर्वर ध्यान दिन
लायक छ । भारतीय
सत्ताले दिएको पैसा, हतियार र
गुण्डाहरु प्रयोग
गरी गरिएको सो
आक्रमणको निशाना
पहाडी मूलका
नेपालीहरु मात्र
देखिएको भएतापनि त्यो घटना
सर्वप्रथम तराईका
मधेशी मूलका
नेपालीहरुको
सहानुभूति लिएर
पहाडी मूलका
नेपालीहरुलाई
लखेट्ने र त्यसपछि
मधेशी मूलका
नेपालीहरुलाई पनि
विस्थापित गरी संपूर्ण
क्षेत्रलाई नक्कलि
नागरीकहरुको
अखाडा बनाउने
भारतीय षडयन्त्रबाट
घटेको थियो भन्ने कुरा कथित
मधेशवादी गुटहरुले
मैथिली,
भोजपुरी, अवधि, थारु,
कोच भाषा सस्कृतिहरुलाई निषेध
गरी
हिन्दी भाषालाई
स्थापित गर्न गरेको प्रयत्न र
पछिल्ला समयमा सशस्त्र
गुटहरुबाट स्थानिय
मधेशीहरुमाथि बढ्दै
गएको आक्रमणबाट प्रष्ट
हुन्छ ।
०६३ सालपछि कथित मधेशवादको
नाममा जति पनि मुद्दाहरु
उठाईएका छन् ती
सबैको श्रोत र आधार
नक्कली
नागरीकता हो भन्ने
कुरा पछाडिका सबै घटनाहरुले
प्रमाणीत गर्दछन् ।
यद्यपी समग्र मधेश
प्रदेशको मुद्दालाई
दिल्लीले बेदानन्द झाँ
मार्फत् २०१० सालमैं उठाउन
लगाएको थियो तर यो मुद्दाले ०६३
सालको नागरीकता ऐन
बनेपछि मात्र आन्दोलनको रुप
प्राप्त गर्ने आधार बन्यो ।
समग्र मधेश प्रदेशमा यहाँका
केही
दलालहरुबाट सहमति
गरिएपछि समान जनसंख्याका
आधारमा निर्वाचन क्षेत्र
निर्धारणको माग सार्वजनिक भयो,
जो तराईमा बढ्ने
भारतीय जनसंख्याका
आधारमा निर्वाचन क्षेत्रहरु
बढाएर नेपालको ब्यवस्थापिका र
कार्यपालिका कब्जा गर्ने
भारतीय षडयन्त्रसंग
जोडिएको विषय हो ।
नक्कली
नागरिकहरुलाईकेन्द्रबिन्दुमा
राखेर १० हजार
मधेशीहरुको अलग
सैन्य संरचना बनाउने भनि
उठाईएको माग नेपालमा समानान्तर
सैन्य संरचना खडा गर्ने र
फिजीमा त्यहाँको
सेनाले महेन्द्र
चौधरीको सत्ता
बर्खास्त गरेको घटनालाई
दोहरिन नदिने योजनासंग
संबन्धित छ ।
श्रीलंकामा
भारतीय
तामिलहरुलाई
नागरीकता दिन लगाएर
दिल्लीले
उत्तरपूर्वी
श्रीलंकालाई टुक्राउन
जसरी तामिल
विद्रोहलाई संगठित गरेको थियो,
त्यसैको नेपाल संस्करण तराईको
अपराधिक हिंसा हो भन्ने
कुरामा कुनै शंका छैन ।
नक्कली
नागरीकताले खेल्ने
निर्णायक भूमिकालाई मध्यनजर
राखेर नै दिल्लीले
सुरुमा माओवादीलाई र
पछाडी
मधेशी गुटहरुलाई
संघियता सहितको
आत्मनिर्णयको अधिकारको मुद्दा
उठाउन लगाएको र यसैसंग
जोडिएको षडयन्त्र
एमाओवादी
महाधिवेशनमा उठाईएको
अतिक्रमित सिमानाबारे
जनमतसंग्रहको विषय
रहेको तथ्यप्रति
नेपालीहरुको ध्यान
पुग्न आवश्यक छ ।
मधेशीको नामबाट
जतिपनि मुद्दाहरु उठेका छन्,
त्यसको नेतृत्वकर्ता तराईको
सामन्त तथा
दलालपूँजीपति वर्ग र
नक्कलि
नागरीकताधारीहरु
रहेका छन् ।
यीनीहरुका
मागमा तराईका
आदिवासी, तल्लोवर्ग,
तल्लो जाति, उत्पीडित
भाषा, संस्कृति कसैका
सरोकारहरु सामेल गरिएका छैनन्

दिल्लीको
नागरीकता
रणनीति यतिमा मात्र
सिमित छैन ।
नागरीकता ऐनको
कार्यान्वयन पछि तराईका
निजी अस्पताल र
प्रसुति गृहहरुमा
भारतीय
लगानी ठूलो मात्रामा
बढेर गएको छ । जन्मको आधारमा
नेपाली नागरिकताको
दाबी गर्ने उद्देश्यले
त्यसले प्रतिमहिना सयौं
गर्भवती
भारतीय
महिलाहरुलाई बच्चा जन्माउन
तराइका अस्पताल र
प्रसुतिगृहहरुमा पठाउने र
त्यहिं जन्मदर्ता गराउन लगाउने
गरेको छ । चितवनको आरक्षलाई
काटेर मेची–
महाकाली
हुलाकी मार्ग
बनाउने भारतीय
प्रयास पनि समग्र मधेश
प्रदेशका नाममा
मेचीदेखि
महाकालीसम्मको
भूभागलाई एउटै लाइनमा
जोड्नेषडयन्त्रको अभिन्न पाटो
हो । भारतका पूर्व
प्रधानमन्त्री
इन्द्रकुमार गुजरालले कृत्रिम
नागरीकतालाई नै
लक्षित गरी नेपाललाई
मधेश र पहाड गरी
दुई देशको एकिकृत रुप बताएका
थिए । जुन भनाई २०१० सालमा
बेदानन्द झाँ मार्फत् भारतले
उठाउन लगाएको ‘नेपाल
यूनियन’ (मधेश र पहाडको
यूनियन) को निरन्तरता हो ।
‘एकपटकका लागि’ भनि ०६३
सालमा जन्मका आधारमा
नागरीकता दिइएको
व्यवस्थालाई संशोधन
गरी
त्यसरी
नागरीकता लिने
व्यक्तिहरुका नागरिकता
लिनुभन्दा पहिलेका
सन्तानहरुलाई समेत वंशजका
आधारमा नागरीकता
दिनुपर्ने भनि
मधेशवादी गुटहरुले
अहिले उठाएको माग कहिल्यै
नरोकिने दिल्ली
रणनीति हो ।
छिमेकिहरु संग तुलना
श्रीलंका
–बेलायती उपनिवेश
रहेको सिलोन
(श्रीलंका)मा
अंग्रेजहरुले उन्नाइसौ तथा
बीशौँ
शताब्दीतिरै ठूलो
संख्यामा दक्षिण
भारतीय
कामदारहरुलाई, मूख्यतः
तमिलहरुलाई, चिया,
कफी, रबर तथा
नरिवल खेतीका लागि
कामदारका रुपमा भित्र्याए । सन्
१९४६ सम्म आइपुग्दा
यसरी
श्रीलंका पुग्ने
दक्षिण भारतीय
आप्रवासी कामदार
संख्या ७ लाख ८० हजार पुग्यो
। जुन श्रीलंकाको
तत्कालीन
जनसंख्याको ११.७ प्रतिशत थियो

–फेब्रुअरी ४,
१९४८मा श्रीलंका
ब्रिटीश उपनिवेशबाट
स्वतन्त्र भएपछि सरकारले
नागरिकता सम्बन्धी
अध्यादेश (बील)
अनुमोदनका लागि संसदमा पठायो ।
जुन अध्यादेशकोे मुख्य उद्देश्य
वास्तविक नागरिकलाई नागरिकता दिने
थियो । उक्त अध्यादेशले
श्रीलंकन नागरिकता
प्राप्तिका लागि निवेदकले आफ्नो
बुवाको जन्म
श्रीलंकामा भएको
प्रमाणित गर्नुपर्ने थियो । उक्त
अध्यादेशको भारतीय
तमीलहरुका
राजनीतिक दलहरु
सिलोन इण्डियन काँग्रेस, अल
सिलोन तमील काँग्रेस
र सिंहाली
बामपन्थी
दलहरुलेसमेत चर्को विरोध
गरेपनि उक्त अध्यादेश २०
अगष्ट १९४८ का दिन संसदबाट
पारित भइ १५ नोभेम्वर १९४८ का
दिनदेखि कानूनको रुप लियो । उक्त
कानून अनुसार केवल ५ हजार
भारतीय
तमीलहरु
श्रीलंकन नागरिकताका
लागि योग्य ठहरिएका थिए भने
बाँकी अयोग्य साबित
भएका थिए ।
–त्यसपछि भारत सरकारको
दबाबामा सन् १९४९ मा
श्रीलंका सरकारले
श्रीलंकामा बसोबास
गर्ने भारतीय
तमीलहरुलाई
नागरिकता दिने उद्देश्यले इण्डियन
एण्ड पाकिस्तानी
रेसिडेन्टस (सिटिजिनसिप) पारित
गर्यो । जस अनुसार १० वर्षदेखि
श्रीलंकामा निरन्तर
बस्दै आएका १ लाख
भारतीय
तमीलहरुले
श्रीलंकन नागरिकता
पाउन सफल भए ।
–सन् १९६४ अक्टोवर ३० मा
भारतीय
प्रधानमन्त्री
लालबहादुर शास्त्री
र श्रीलंकन
प्रधानमन्त्री
श्रीमाओ
बन्दरनायकेका बीचमा
इण्डो–सिलोन सम्झौता भयो,
जसअनुसार अरु ३ लाख
भारतीय
तमीललाई
श्रीलंकन नागरिकता
दिने सहमति भयो ।
बाँकी १ लाख ५०
हजार भारतीय
तमीलको नागरिकता
सम्बन्धमा पछि निर्णय गर्ने
सहमति भयो ।
–जुन २८, १९७४ मा
भारतीय
प्रधानमन्त्री इन्दिरा
गान्धी र
श्रीलंकन
प्रधानमन्त्री
श्रीमाओ बन्दरानाइके
बीच
श्रीमाओ–
गान्धी प्याक्ट मा
हस्ताक्षर भयो जसअनुसार
भारत र श्रीलंका दुवै
देशले पहिलेका
बाँकी १ लाख ५०
हजार भारतीय
तमीललाई नागरिकता
दिन सहमति भयो ।
–सन् १९८७ जुन २९ मा
राजीव गान्धि र जे.
आर. जयबर्धनेका
बीचमा भएको एक
संझौता अनुसार तमिल भाषालाई
सरकारी भाषा बनाउने र
उत्तर तथा पूर्वी
श्रीलंकालाई एउटै
प्रान्तका रुपमा मर्ज (विलय) गर्ने
कुरा उल्लेख गरियो । यसका लागि
जनमत संग्रह गर्ने व्यवस्था
पनि सामेल गरिएको थियो ।
–सन् १९८८ मा
भारतीय
प्रधानमन्त्री
राजीव
गान्धीको दबाबमा
श्रीलंकाको संसदले
नागरिकता
विहीनहरुका लागि
नागरिकता दिने नयाँ ऐन पारित गर्यो,
जसअनुसार श्रीलंकामा
रहेका बाँकी सबै
भारतीय
तमीलहरुलाई पूर्व
सहमतिका नाममा
श्रीलंकन नागरिकता
दिने प्रावधान राखियो ।
–अक्टोबर ७, २००३ मा
श्रीलंकन संसदले
ग्रान्ट अफ
सिटिजनसीप टु पर्सन
अफ इण्डियन वरिजन एक्ट
२००३ पारित गर्यो जसअनुसार
श्रीलंकामा सन् १९६४
पछि बसोवास गर्दैआएका सबै
तमीलहरुलाई
नागरिकता दिने प्रावधान राखियो ।
यसरी अन्ततः
श्रीलंका
स्वतन्त्रतापछिका ५५ बर्षमा सबै
भारतीय तमिलहरुले
श्रीलंकाको
नागरीकता पाउन सफल
भए ।
फिजी
–फिजीमा सन् १९७७
मा भारतको दबाबमा
भारतीय मूलका
नागरीकहरुलाई
नागरीकता दिने निर्णय
गरियो ।
–सेप्टेम्बर २८, १९८७ देखि २४
जुलाई १९९० सम्म
फिजी संविधान
विहिनताको अवस्थामा थियो । यो
संवैधानिक सून्यताको फाइदा उठाएर
भारतले उक्त अवधिसम्म
फिजीमा रहेका सबै
भारतीयहरुलाई
नागरीकता दिनुपर्ने
भनि दिएको दबाब अनुसार नयाँ
संविधानको धारा २० मा
फिजीमा जन्मेका
जुनसुकै व्यक्ति नागरिक हुने
प्रावधान राख्न लगायो । साथै
सोहि ऐनमा कुनै बालक निजको
बाबुले फिजीको
नागरीकता लिनुभन्दा
पहिले विदेशमा जन्मेको भएपनि
नागरीकता पाउने
प्रावधान समेत् राखियो ।
–सन् १८८१ मा ५८८ को संख्यामा
रहेका
भारतीयहरुको
जनसंख्या सने १९९६ सम्म
आइपुग्दा ३ लाख ३९ हजार
पुग्यो र यहि नक्कलि
नागरीकताको आडमा
भारतीय
नागरीक महेन्द्र
चौधरीले
प्रधानमन्त्रीमा विजय
हासिल गर्न सफल भए भने
संसदमा ७१ सिट मध्ये ३७ सिट
भारतीय
नागरीकहरुको
हातमा गयो ।
संकटको मौका खोजी
भारतले छिमेकी
देशहरुमा राननीतिक
वा संवैधानिक संकट उत्पन्न
भएको बेला आफ्ना
नागरिकहरुलाई
नागरीकता दिलाउन
दबाब दिदैं आएको छ ।
श्रीलंका र
फिजीमा जस्तै यहाँ
पनि समान प्रकारको अस्थिर
परिस्थितिलाई चयन गरिएको छ ।
२०३६ सालको आन्दोलनदेखि
जनमत संग्रहसम्मको
अस्थिरताको समयमा नेपालमा
रहेका ३८ लाख
भारतीयहरु मध्ये
२३,८७,९७३ ले
नेपाली
नागरीकता प्राप्त
गरीसकेको तथ्याँक
भारतको पत्रिका त्जभ
क्तबतभकmबल ले सन् १९८०,
जुन ६ को अंकमा प्रकाशित गरेको
थियो । २०६३ सालमा संसदको
पुनस्र्थापना भएपछि २०४७
सालको संविधानलाई निष्कृय
बनाईएको र अन्तरिम संविधान पनि
नबनेको परिस्थितिमा
मन्त्रीपरिषदले ०४६
साल चैत्र मसान्तलाई जन्मको
आधार बनाएर
नागरीकता दिने निर्णय
गरी विधेयक बनाएको
थियो । अहिले ०६३ सालपछि
नेपाली
नागरीकता लिएका
तीनै
भारतीयहरुबाट
पहिल्यै जन्मेका
सन्तानहरुलाई वंशजका आधारमा
नेपाली
नागरीकता दिने माग पनि
संविधानसभाको विघटन भएको र
दलीय
राजनीति असफ भएको
अवस्थामा उठाईएको छ ।
देशको अस्तित्वप्रति बिल्कूलै
संवेदना नभएका दलहरुको
यस्तो स्वेच्छाचारी
कदमको जनस्तरबाटै प्रतिरोध
नहुने हो भने आगामि १०
बर्षसम्म नेपालमा
भारतीयहरुको
जनसंख्या बहुमतमा पुग्ने
कुरामा कुनै संका छैन । भारतको
छिमेकिहरुका विरुद्धको यस्तो
षडयन्त्रको परिणाम
श्रीलंकाले ३०
बर्षसम्म गृहयुद्धको सामना
गर्नु परेको र फिजीमा
भारतीय
नागरीकहरुले
प्रधानमंत्री र
संसदको बहुमत सिट जितेको
इतिहासलाई
नेपालीहरुले
शिक्षाका रुपमा समयमैं ग्रहण
गर्न जरुरी देखिन्छ ।
बर्षैपिच्छे नेपालमा किन लाखौं
नागरीकताको समस्या
देखाईन्छ र कहिल्यै नघट्ने
यी कथित
नागरीकहरु कसका
हुन् भन्ने विषयलाई स्पष्ट
गर्न प्रतिरोध अघि बढेन भने
एकाध बर्षभित्रै पुनः लाखौं
भारतीयहरुले
नागरीकता लिन सफल
हुने कुरामा संदेह छैन ।

25/09/2015

यसरी खाएको थियो भारतले
३० मिनेट सम्हालीन
नसक्दा सिक्किम यसरी
खाएको थियो भारतले
१७१२६ पटक
स्वतन्त्र देश सिक्किमलाई भारतले
यसरी बनायो २२ औं प्रदेश
काठमाडौं


अप्रिल
१९७५
सिक्किम
राज्यबासीहरुको
कालो
दिनका
रुपमा
रहेको


उक्त
दिन
बिहानै
सिक्किमका
राजा
चोग्याल
आफ्नो दरबारमा टहलाइरहेका थिए ।
एक्कासी उनको दरबार
अगाडी भारतीय सैनिकका
बक्तरबन्द ट्रकहरुको लर्को देखे ।
उनी अत्तालिँदै दौडिए र झ्यालबाट हेरे
। यती गर्न नभ्याउँदै उनको दरबार
भारतीय सैनिकले चारैतर्फबाट घेरिसकेका
थिए । यतीकैमा त्यहाँ मेसिनगनका
चर्का आवाज आउन थाले ।
राजदरबारको मुल ढोकामा सुरक्षार्थ
खटीएका बसन्तकुमार
क्षेत्री लगायतका
सिक्किमेली सेनाहरु ढले ।
करिब पाँच हजार भारतीय सैनिकले
राजदरबारका २ सय ४३ वटा गाडीलाई
आफ्नो कब्जामा लिन ३० मिनेटभन्दा
बढीको समय पनि लागेन।
त्यही दिन १२ बजेर ४५
मिनेटसम्ममा सिक्किमले स्वतन्त्र देशको मान्यता
गुमाइसकेको थियो।
न त उनले भारतीय सेनालाई रोक्नै सके,
न त, यस्तो होला भन्ने कल्पना नै गरेका थिए ।
आफ्नै देशका जनप्रतिनिधिहरु भारतसँग मिलेर देश
नै बेच्छन् भन्ने उनलाई के थाहा ?
चोग्यालले यसको सूचना हैम रेडियोबाट पुरै विश्वलाई
दिए। इग्ल्याण्डको एक गाउँमा रिटायर्ड डाक्टर र
जापान तथा स्वीडेनका अन्य दुई
व्याक्तिले चोग्यालको यो आपतकालीन
सन्देश सुने। त्यसपछि चोग्याललाई नजरबन्द गरियो।
भारतले सिक्किम कब्जा गर्ने अभियान निकै अघिदेखि
थालेको थियो । त्यो अति गोप्य रुपमा यस क्रममा सन्
१९७३ अप्रिल ७ मा दिल्ली नगरपालिकाका
आयुक्त बीएस दासलाई
भारतीय विदेश सचिव केवल सिंहले
उनलाई सिक्किम सरकारको नेतृत्व गर्न आग्रह
गरे ।
उनी लगत्तै हेलिकोप्टर मार्फत्
सिक्किमको राजधानी गान्तोक पुगे ।
जहाँ सिक्किमका राजाका विरोधी लोण्डुप
दोर्जेले उनलाई स्वागत गरे ।
सिक्किमका राजा चोग्यालले दारको भुमिका बुझिसकेका
थिए । उनले दासलाई सिक्किम गोवा नभएको भन्दै
धम्की दिए ।
चोग्यालले आफ्नो देशलाई पनि भारतले भुटानलाई
जस्तै मान्यता देओस् भन्ने चाहना थियो । उनले
दासलाई सिक्किमका जनतालाई दवाउने योजना नबनाउन
धम्की समेत दिए ।
भारतले सिक्किमलाई भारतमा विलय गर्ने योजना सन्
१९६२ मा बनाएको थियो । जतीखेर भारत
तीन युद्ध भएको थियो । सिक्किमको
चुबी खर्क, जुन चीन सँग
पनि जोडीएको छ, यो मार्गको प्रयोग गरेर
चीनले भारतमाथि हमला गर्न सक्ने
धेरै आधार थिए ।
सिक्किमका राजा चोग्यालले अमेरिकी
महिलासँग बिवाह गरेका थिए । होप
नामकी ती महिलाले राजा
चोग्याललाई स्वतन्त्र सिक्किम राज्यकालागि
अमेरिकी समर्थन जुटाउने प्रतिबद्धता
जनाइन् । तर, भारतले सिक्किमको यो अभियान मन
पराएन । चोग्यालकी
श्रीमती होप कुकको
व्याक्तित्व पूरै रहस्यमय थियो।
चोग्याललाई
भारतविरुद्ध
भड्काउनमा
उनको
ठूलो
भूमिका
पनि।
त्यही
सिलसिलामा
स्कुलको
पाठ्यपुस्तक
बदलिए।
उनले
युवा
अफिसरलाई
बोलाएर
हरेक
साता
बैठक
गर्न थालिन्।
जब उनी चोग्यालकी
रानीको भूमिका निभाउँथिन्, तव
उनी त्यहीँको
स्थानीय भेषभुषा लगाएर निक्कै
विनम्रतासँग मसिनो स्वरमा कुरा गर्थिन्। जब
उनी दुखी हुन्थिन् तब
सबै सन्तुलन गुमाउँथिन्।
अन्तिममा राजा रानीका बीचमा
यस्तो लफडा भयो की रानी
अमेरिका फर्कने निधोमा पुगिन् । भारतको निरन्तरको
दवाव पछि चोग्यालले १९७४ मे ८ का दिन मनले
नमान्दा नमान्दै एउटा सम्झौता गरे । र उनले निर्वाचन
घोषणा गरे ।
भारतले भित्र भित्रै सेटीङ मिलाइसकेको
थियो । यस कारण उनलाई समर्थन गर्ने नेसनलिस्ट
पार्टीले ३२ मा जम्मा एक सिट जित्यो ।
बाँकी उनै भारतका खुफीया
लेण्डुपको पार्टीले, जुन भारतको पुरै
योजनामा चलेको थियो । अवस्था यस्तो आइपुग्यो
की चोग्यालले गराएको सपथ
उनीहरुले नलिने अडान लिए ।
यस बीचमा चोग्याल नेपाल आए । राजा
बीरेन्द्रको राज्यभिषेकका लागि चोग्याल
जकीय अतिथिका रुपमा नेपाल आएका थिए
। नेपालमा उनले पाकिस्तानी राजदूत र
चीनका उपप्रधानमन्त्री
सी लिउसँग भेट गरे। उनले भारतले
आफ्नो देश सिध्याउन लागेकाले सहयोग गर्न
आग्रह गरे ।
उनको यो आग्रहलाई चीनले स्विकार्ने
बताए तर, मे ८ को समझौताको विषयलाई लिएर
उनीहरु पनि पछि हटे । चोग्यालले
आफ्नो देश जोगाउनकालागि अन्तिम प्रयास गरे ।
३० जुन १९७४ मा चोग्यालले आफ्नो सबै कुरा इन्दिरा
गान्धीसँग राखे । राजा चोग्यालले
लेण्डुपले देश भारतसँग मिलाउन गरिरहेको
हर्कतले भारतलाई पनि बेफाइदा गर्ने भन्दै आशुँ
झरे ।
तर, पुर्व नियोजित योजना अनुसार नै काम भैरहेकोमा
भित्र भित्रै खुसी भएकी
गान्धीले उनको अनुनय सुनिनन् ।
मात्र चुप बसिन् । इन्दिरा गान्धी चुप
हुनुलाई एउटा नकारात्मक टिप्पणीका
रुपमा देखिन्थ्यो। यसमा उनलाई महारथ पनि प्राप्त
थियो।
गान्धी जुरुक्क उठिन्, रहस्यमय
ढंगसँग मुस्कुराइन् र आफ्ना दुई हात जोडिन्।
चोग्यालका लागि यो इशारा थियो, अब उनी
जान सक्छन्।
चाखपूर्ण कुरा यो थियो कि, उनै चोग्याल १९५८ मा जब
जवाहरलाल नेहरुका अतिथि बनेर
दिल्ली आएका थिए त्यतिखेर
उनी नेहरुकै निवासस्थान
तीनमूर्ति भवनमा बसेका थिए। चोग्याल
एक अनौठा व्याक्तिका धनी थिए, जसले
कहिल्यै पनि सिक्किमको पृथक पहिचानमा
सम्झौता गरेनन्। सिक्किमका राष्ट्रभक्त राजा
चोग्यालको क्यानसरका कारण सन् १९८२ मा मृत्यु
भएको थियो ।
त्यस अघि उनकी रानीले दुई
सन्तान अमेरिका लगिसकेकी थिइन् भने
उनका एक छोरा, जो राज्यको
उत्तराधीकारी थिए, दुर्घटनामा
ज्यान गएको थियो । सिक्किम विलयको विरोध
चीनले सन् १९६८ मा चेगोस्लाभिया रुसमा
गाभ्दा झै गरेको थियो ।
चीनले विरोध गरेपनि गान्धीले
चीनलाई तिब्बत केहो भनेर प्रश्न
सोधीन् र चीन नैतिक रुपमा
चुप बस्यो । यस्तो अवस्थामा भुटान पनि
खुसी भयो । कारण उसलाई लाग्ने
सिक्किमसँगको मित्रताको आरोप सकिदै थियो । नेपालमा
भने यसको विरोध भयो । सिक्किममा ८० प्रतिशत
नेपाली भाषी थिए ।
सिक्किममा जनमत संग्रह पनि गरियो । तर, त्यो
नाटक मात्र थियो । भारतले मत पेटीका नै
परिवर्तन गराएर परिणाम सार्वजनिक गरेको थियो ।
सिक्किम विलय गराउन भारतीय रअको
महत्वपुर्ण भुमिका रहेको छ । रअले
सिक्किमलाई ध्वस्त पार्ने र लोण्डुप दोर्जे मार्फत्
चुनावमा धाँधली गराएर आफ्नो जित हात
पार्न भुमिका खेलेको थियो ।
र सिक्किमलाई भारतको २२ औं राज्य बनाउने संविधान
संशोधन विधेयक २३ अप्रिल १९७५ मा लोकसभामा
पेस भयो। त्यही दिन यो प्रक्रियालाई
२ सय ९९ को विरुद्ध ११ मतबाट पारित गरियो।
राज्यसभामा यो बिल २६ अप्रिलका दिन पेश भयो।
र १५ मई १९७५ मा राष्ट्रपति
फखरुद्दीन अली
अहमदले यो बिलमा हस्ताक्षर गरे। नामग्याल
राजवंश त्यही दिन समाप्त भयो। अनि
एउटा सार्वभौम सत्ता सम्पन्न सिक्किम भारतको २२
औं राज्यका रुपमा स्थापीत भयो र
अहिले पनि त्यहाँ भारतले विभेद गरिरहेको छ
। अनि सिक्किमेली जनतालाई नागरिकता
लगायतका विभिन्न खाले समस्यामा पारिनै रहेको छ ।
प्रतिकृया दिनुहोस

Address

Beldandi, 9
Kanchanpur

Telephone

9848488660

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Beldandi, Hamro Kanchanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share