Share Market Info

Share Market Info Share market information

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस ...
03/09/2026

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Today NEPSE ❣️
02/09/2026

Today NEPSE ❣️

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भन...
01/09/2026

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ४८ हजार ३४१ पटकको कारोबारमा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँबराबरको ७६ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही...
31/08/2026

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ४३.८९ अंक घटेर २५१३.४२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ६८ हजार १३७ पटकको कारोबारमा ३ अर्ब ६४ करोड ८६ लाख ९हजार रुपैयाँबराबरको ९३ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार नेप्से परिसूचक १.०४ अंक घटेर २५५७.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ...
27/08/2026

बिहीबार नेप्से परिसूचक १.०४ अंक घटेर २५५७.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ५२ हजार ५७५ पटकको कारोबारमा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से परिसूचक पनि उच्च अंक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा झरेको छ। त्यस...
26/08/2026

बुधबार नेप्से परिसूचक पनि उच्च अंक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.०० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ६१ हजार ४४२ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २६०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षण गरेको छ। यस दिन कारोबार अवधिमा नेप्से...
24/08/2026

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २६०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षण गरेको छ। यस दिन कारोबार अवधिमा नेप्से सो विन्दुभन्दा सामान्य अंक तल झरेपनि अन्तिम समयमा सोही विन्दु नजिक बन्द भएको छ।

सोमबार नेप्से परिसूचक १९.१३ अंक घटेर २५९९.५८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५३ हजार १५३ पटकको कारोबारमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको ८५ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

NEPSE Today !!!
19/08/2026

NEPSE Today !!!

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही...
18/08/2026

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १९.३४ अंक घटेर २६२२.४८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ५५ हजार २४६ पटकको कारोबारमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक...
17/08/2026

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २.२५ अंक घटेर २६४१.५८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५६ हजार ८१८ पटकको कारोबारमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Share Market Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Share Market Info:

Shortcuts

Share