11/08/2021
हाइड्रोमा आउला त सुपर बुल?
सुपर बुल अचम्मको हुन्छ। सुरुमा आम लगानिकर्ताले पत्याउदैन। आम रुपमा जहाँ पुगेर करेक्सन हुनु पर्ने हो त्यहीँ पुगेर १/२ दिन करेक्सन हुन्छ तर आम लगानीकर्ताले सेल गरि सके पछि index नपत्याउने किसिमले बुल हुन्छ। जुन भर्खरै बिकास बैंक र फाइनान्समा देखिएको थियो। बिकास बैंक ३००० मा हुँदा फिबोनाची र ट्रेण्डलाइन अनुसार करेक्सन आउनुपर्ने थियो, आयो अनि आमलागानीकर्तालाई लाग्यो अब कम्तिमा ३८.२% करेक्सन आउन पर्छ तर त्यस्को ठिक उल्टो index दोस्रो दिन नै माथी फर्कियो र ५४०० सम्म पुग्यो। फाइनन्स जब १४०० मा ट्रेड गर्दै थ्यो १ दिनको सामान्य करेक्सन पछि २५०० भो।
अहिले ठिक यस्तै trend हाइड्रोमा देखिएको छ। हाइड्रो जब ३६२५ बाट करेक्सन भो आम लगानिकर्तालाई लाग्यो प्राबिधिक रुपामा जहाँबाट करेक्सन आउनु पर्ने ठिक त्यै ठाँउबाट्करेक्सन आयो अब कम्तिमा ३५०/४०० को करेक्सन आउँछ तर आमलगानीकर्ताको सोचाइ बिपरित भोलि पल्ट नै index माथी फर्कियो, लगानिकर्तालाई लाग्यो यो बुल ट्र्याप हो हाइड्रो फेरि तलै झर्छ नभन्दै २ दिन बढेर index फेरि सामान्य करेक्सन भो। यति बेला आम लगानीकर्ताहरु पुर्ण विश्वस्त भै सकेका थिए र अघिल्लो करेक्सनमा सेल गर्न छुटेकोहरुले यति बेला सेल गरि सकेका थिए तर उनिहरुको सोचाइ बिपरित हाइड्रो आज फेरि सुपर बुलको यात्रामा अधि बढेको छ। यति बेला आमलगानीकर्ता सङ हाइड्रोको स्टक छैन उनिहरुले २/२ पल्टको करेक्सनमा सेल गरि सके। यतिबेला अधिकाम्स स्टक स्मार्ट लगानीकर्तासङ छ र यो स्टक सुपर बुलको अन्त्यमा फेरि आम लगानिकर्ता सङै फर्किन्छ।
के हो त सुपर बुल?
Elliott का अनुसार दोश्रो र चौथो वेभको bottom लाई जोडेर बन्ने लाइन लाई कपि तेस्रो वेभको उच्चतम बिन्दुमा राख्दा जुन ट्रेण्ड लाइन बन्छ, त्यस भन्दा माथी पाचौ वेभ जान थाल्छ भने तस्लाइ सुपर बुल भनिन्छ।
कति हुन्छ त सुपर बुलको टार्गेट ?
पहिलो वेभ देखि तेश्रो वेभ सम्म जति अङकले index वृद्धि भयो त्यसलाई २ ले गुणा गरि आउने अङकमा तेस्रो वेभको उच्चतम बिन्दुमा जोडदा जति आउँछ सुपर बुलको टार्गेट त्यति नै हुन्छ।