Golden Fox Associates Private Limited

Golden Fox Associates Private Limited 1.Company Registration( OCR/ Banijay / Gharelu/ Wada) - Business Closure
2. Experience ACCOUNTANT, VAT return, ETDS
3. Bank Loan Documents, Projections etc
5.

Financial Statements, VAT return, ETDS तयार पारिने
4. Tax clearance र Tax सम्बन्धि अन्य सेवाहरु The Golden Fox Associates Accounting mission is to provide dependable and quality service of accounting and tax preparation assistance to all sectors of industry, commerce, and individuals.

 #उद्योगको_लागि_अनिवार्य_व्यवस्थाव्यवसायिक सामाजिक जिम्मेवारी (Corporate Social Responsibility- CSR) सम्बन्धी कानूनी व्य...
03/01/2026

#उद्योगको_लागि_अनिवार्य_व्यवस्था
व्यवसायिक सामाजिक जिम्मेवारी (Corporate Social Responsibility- CSR) सम्बन्धी कानूनी व्यवस्था:
१) ठूला, मझौला र वार्षिक १५ करोड भन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगमा CSR सम्बन्धी व्यवस्था लागू हुन्छ। यो औद्योगिक व्यवसाय ऐन, २०७६ को कानूनी र अनिवार्य व्यवस्था हो।
२) CSR वहन गर्न लागि खुद नाफाको कम्तीमा १ प्रतिशत रकम छुट्टयाउनु पर्दछ र सो रकम तोकेको क्षेत्रमा (बुँदा १०) मात्र खर्च गर्न पाइन्छ।
३) प्रत्येक आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र त्यसमा लागेको खर्चको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उद्योग दर्ता गर्ने निकायमा पेश गर्नु पर्दछ।
४) CSR को लागि छुट्टयाइएको रकम आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न पाइन्छ।
५) CSR वहन नगरेमा वार्षिक खुद नाफाको १.५% जरिवाना लाग्दछ र सो जिम्मेवारी १ आर्थिक वर्ष भन्दा बढी अवधिमा बहन नगरेमा ०.५% थप जरिवाना लाग्दछ।
६) तोकेको क्षेत्रमा (बुँदा १०) खर्च गर्ने CSR रकमको वार्षिक योजना तथा कार्यक्रम बनाई उद्योग दर्ता गर्ने निकायमा पेश गर्नु पर्दछ।
७) CSR अन्तर्गत छुट्टयाइएको वार्षिक रकमको कम्तीमा ५०% उद्योग प्रभावित क्षेत्रमा खर्च गरी उद्योग दर्ता गर्ने निकायलाई दिनु पर्दछ।
८) CSR अन्तर्गत काम गर्दा सम्बन्धित स्थानीय तहमा समन्वय गरी सोको कार्य सम्पन्न विवरण उद्योग दर्ता गर्ने निकायमा पेश गर्नु पर्दछ
९) CSR को रकमबाट उद्योगलाई प्रत्यक्ष नाफा हुने कार्य, उद्योगको लगानी भएको वा उद्योगमा संलग्न व्यक्ति वा सामाजिक वा व्यवसायिक संघ संस्थामा खर्च गर्न पाइँदैन।
१०) CSR को लागि तोकेको क्षेत्रहरू:
क) विपद्को रोकथाम, नियन्त्रण तथा उद्धार
ख) सामुदायिक स्वास्थ्य संस्थालाई औषधी तथा उपकरण वितरण, स्वास्थ्य सम्बन्धी जनचेतना, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम
ग) नेपाली कला, साहित्य, संस्कृति, पुरातात्विक धरोहरको संरक्षण तथा संवर्धन
घ) न्यून आय भएका, पिछडिएका, ग्रामीण महिला, अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक, सीमान्तकृत समुदायको लागि सीपमूलक तथा आयमूलक कार्यक्रम
ङ) सामुदायिक विद्यालय, विश्वविद्यालय छात्रवृत्ति, उपकरण र शैक्षिक सामग्री लगायत शिक्षा विकास सम्बन्धी कार्यक्रम
च) प्रदूषण नियन्त्रण, फोहोर मैला व्यवस्थापन, वैकल्पिक ऊर्जाको प्रवर्द्धन जस्ता प्राकृतिक तथा वातावरण संरक्षण सम्बन्धी कार्य
छ) सामाजिक विकृति, विसंगति, कुरीति र सामाजिक पछयौटेपन बिरुद्ध अभियान
ज) खानेपानी आयोजना, सडक, ढल, पाटी पौवा, वृद्धाश्रम, खेल मैदान, धार्मिक स्थल, सामुदायिक स्वास्थ्य भवन, सामुदायिक भवन, अनाथ आश्रम, पार्क, बसपार्क तथा बस बिसौनी जस्ता पूर्वाधारको निर्माण तथा मर्मत सम्भार।

25/12/2025

"Merry Christmas to all & Happy New Year !" to heartfelt messages about warmth, laughter, and blessings for family, friends, or colleagues, often including wishes for peace and good fortune in the coming year. 😊😊😊😊😊

अब व्यक्तिगत कर चुक्ता हातमै....!!
17/12/2025

अब व्यक्तिगत कर चुक्ता हातमै....!!

16/12/2025

दैनिक आवश्यक पर्ने श्रम ऐन, २०७४ को प्रमुख व्यवस्थाहरू:
१) यो ऐन नाफामुलक वा गैर-नाफामुलक सबै प्रतिष्ठानमा लागू हुन्छ।
२) बिना #रोजगार_सम्झौता कसैलाई काममा लगाउन हुँदैन। रोजगार सम्झौतामा पारिश्रमिक, सुविधा, रोजगारका शर्तहरू तथा तोकेको अन्य कुरा उल्लेख हुनु पर्दछ।
३) रोजगारदाताले सुरुको ६ महिना कर्मचारीलाई #परीक्षणकालमा रहने गरी सम्झौता गर्न सक्दछ। सो ६ महिनामा काम सन्तोषजनक न भए पछि रोजगार सम्झौता अन्त गर्न सकिन्छ।
४) विदेशी नागरिकलाई बिना #श्रम_ईजाजत काममा लगाउन पाउँदैन।
५) दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टा #सामान्य_काम_गर्ने_समय र दैनिक ४ घण्टा तथा हप्तामा २४ घण्टा सम्म #ओभरटाइम काम गर्न सकिन्छ।
६) #ओभरटाइम काम गरेको समयमा सामान्य #पारिश्रमिकको देढी ( १.५ गुणा) पारिश्रमिक दिनु पर्दछ।
७) पारिश्रमिक भुक्तानीको समयान्तर १ महिना भन्दा बढी हुनु हुदैन् र सबै पारिश्रमिक सम्बन्धित कर्मचारीको #बैंक_खाता_मार्फत भुक्तानी गर्नु पर्दछ।
८) १ वर्ष काम गरेको कर्मचारीलाई १ महिनाको आधारभूत (बेसिक) पारिश्रमिक बराबर #चाडपर्व_खर्च दिनु पर्ने हुन्छ।
९) #सञ्चय_कोष: आधारभूत तलबको १०% कर्मचारीबाट कट्टा गरि रोजगारदाता ले त्यतिनै रमक थप गरी सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्दछ।
१०) #उपदान (Gratuity): रोजगारदाताले आधारभूत तलबको ८.३३% मासिक उपदान बापत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्दछ।
११) रोजगारदाताले हरेक कर्मचारीको कम्तीमा १ लाख बराबर #औषधि_उपचार_बीमा गराउनु पर्ने हुन्छ। यसको बीमा प्रीमियम रोजगारदाता र कर्मचारीले आधा आधा व्यहोर्नु पर्छ।
१२) रोजगारदाताले हरेक कर्मचारीको कम्तीमा ७ लाख बराबर #दुर्घटना_बीमा गराउनु पर्ने हुन्छ।
१३) सामाजिक सुरक्षा कोषमा योगदान गर्ने संस्थाले बुँदा ११ र १२ बमोजिम छुट्टै बीमा गर्नु पर्दैन।
१४) हरेक प्रतिष्ठानले श्रम सम्बन्धी कानूनहरु परिपालना भए न भएको यकीन गर्न #श्रम_अडिट गर्नु पर्छ। यसको प्रतिवेदन कार्यालय वा निरीक्षकलाई मागेको बेला उपलब्ध गराउनु पर्दछ।
१५) समय समय मा तोकिने #न्यूनतम_पारिश्रमिक भन्दा कम हुने गरी पारिश्रमिकमा काम लगाउन पाइँदैन।
१६) #नियुक्ति_पत्र र #रोजगार_सम्झौता_बिना_काम_लगाएमा प्रति श्रमिक १० हजारका दरले ५ लाख सम्म जरिवाना हुन्छ।
१७) न्यूनतम पारिश्रमिक भन्दा कममा काम गराएमा कम भएको रकम र दुई गुणा हर्जाना कर्मचारीलाई भुक्तानी गर्न कार्यालयले आदेश दिन सक्दछ।
१८) कार्यालयलाई श्रम कानून सम्बन्धी #झुठ्ठा_विवरण दिएका २० हजार जरिवाना लाग्दछ।
१९) #सुविधा_न_दिएमा: संचय कोष, उपदान, बीमा वा सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने रकम को सुविधा न दिएमा छतिपूर्ती र दोब्बर हर्जाना लाग्दछ।

अग्रिम करकट्टी (TDS) सम्बन्धि व्यवस्था । के मा कति % करकट्टी गर्ने त? आयकर ऐन, २०५८ को दफा ९० उपदफा (१) सँग सम्बन्धित
06/12/2025

अग्रिम करकट्टी (TDS) सम्बन्धि व्यवस्था ।
के मा कति % करकट्टी गर्ने त?
आयकर ऐन, २०५८ को दफा ९० उपदफा (१) सँग सम्बन्धित

02/12/2025

व्यवसायीहरूले वारम्वार साेध्ने प्रश्न मिस म्याच के हो .........?
आय विवरण पेश गरिसकेपछि धेरै करदाताको साझा समस्या बनेको छ- मिस म्याच। धेरै करदाताको हिसाव किताबमा कर कार्यालयले मिसम्याच फेला पार्ने र त्यही आधारमा थप कर तथा जरिवाना लगाईँदै आएको छ। अधिकांश करदाताको टाउको दुखाएको मिसम्याचका कारण र समाधानका उपाय बारे यहाँ उल्लेख गरिएको छ।
मिस म्याच के हो ?
आय विवरणको अनुसुची १३ मा भरेको र तपाईसँग कारोबार गर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ। अनुसुची १३ मा तपाईंले बार्षिक एक लाखभन्दा (एकै वा पटक/पटक गरी) रुपैयाँ भन्दा बढि कारोबार (खरिद वा बिक्री) गरेका पार्टी र बर्षान्तमा कसैसँग लाख रुपैयाँभन्दा बढि लिनु वा दिनु भएमा सो विवरण भर्नुपर्दछ। कारोबार गरेकादुबै पक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिन्छ।
मिस म्याचले कर दायित्व सिर्जना गर्छ?
मिस म्याचले कर दायित्व सिर्जना गर्छ नै भन्ने हुदैन। तर, कर कार्यालयले तपाईंले पेश गरेको विवरण सहि छ कि छैन भनेर छुट्याउन प्रयोग गर्ने मुख्य अस्त्र मिसम्याच नै हो। जस्तो तपाईंले कुनै पार्टीबाट बर्ष भरिमा दश लाख रुपैयाँ बराबरको खरिद गरेको विवरण अनुसुची १३ भर्नुभयो। तर, उक्त पार्टीले तपाईंलाई त्यस अनुरुप बिक्रि गरे भनेर विवरण नदेखाएमा मिसम्याच हुन जान्छ।
यहाँ दुई किसिमको जोखिम हुन्छ। एक बिक्रेताले बिक्री लुकाएको हुनसक्छ या तपाइँले नै नभएको खरिद देखाएर नाफा घटाउनु भयो। यसमा थप अनुसन्धान गरि गल्ती गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रावधान छ। त्यसकारणले तपाईंले भरेको विवरण सहि छ भने मिसम्याचले अतिरिक्त कर दायित्व सिर्जना गर्छ नै भन्ने हुदैन। तर, अनुसन्धान गर्दा तपाईंको त्रुटी फेला पर्यो भने जरिवाना सहित कर तिर्नु पर्ने अवस्था आउँछ।
मिसम्याचले कति कर दायित्व सिर्जना हुन्छ?
जस्तो तपाईंले कुनै पार्टीलाई १० लाख रुपैयाँ बराबरको बिक्री गर्नु भएको छ। तर, उक्त विवरण एक लाख माथिको बिक्री भनेर अनुसुची १३ भर्दा देखाउनु भएन। अर्को तिर क्रेता पक्षले खरिद गरेको विवरण देखायो भने अनुसन्धानबाट तपाईंले बिक्री लुकाएको पुष्टि हुन्छ। यसरी बिक्री लुकाउँदा, तपाईको आम्दानी १० लाखले कम देखिन जान्छ। पछि कर कार्यालयले उक्त रकममा ब्यवसायलाई लाग्ने दरले आयकर निर्धारण गर्छ भने आम्दानी लुकाए बापत पनि तपाईंले पचास देखि शतप्रतिशतसम्म जरिवाना र ब्याज तिर्नु पर्ने हुन्छ।
यदि तपाईंको व्यवसाय मुल्य अभिबृद्धि कर (भ्याट) मा समेत दर्ता छ भने बिक्री मूल्यमा भ्याट समेत छलिएको मानिनेछ। र, उक्त बिक्री मूल्यको १३ प्रतिशत भ्याट, शत प्रतिशत जरिवाना एवं वार्षिक १५ प्रतिशतका दरले ब्याज जोडेर कर कार्यालयले असुल गर्नेछ। तर, मिसम्याच देखिने बित्तिकै कर दायित्व सिर्जना हुने होइन। त्यसका लागि तपाईंले तथ्यपरक रुपमा आफु सही छु भनेर प्रमाणित गर्नु पर्ने हुन्छ।
मिस म्याचबाट कसरी बच्ने?
मिस म्याचबाट बच्न तपाईंले आर्थिक बर्ष सकिएपछि सबै पार्टीबाट कारोबारको समर्थन पत्र (कन्फरमेसन लेटर) लिन सक्नुहुन्छ। जसबाट तपाईंले बितेको बर्ष हरेक पार्टीसँग कतिको कारोबार भयो र बर्षान्तमा लिनु/दिनु कति छ भन्ने विवरण अद्यावधिक गर्न सक्नुहुन्छ। त्यसको आधारमा तपाईंले आफ्नो कारोबारमा कुनै हिसाब राख्न गल्ति भए सच्याउन समेत सक्नुहुन्छ। त्यसपछि अनुसुची १३ भर्दा सोहि सच्चाएको विवरण हाले मिसम्याच पर्ने सम्भावना एकदमै न्युनहुन्छ।
मिसम्याच परे के गर्ने?
तपाईले राम्रो गर्न खोज्दाखोज्दै पनि मिसम्याच परेको खण्डमा आफ्ना प्रमाणहरु सुरक्षित राख्नुहोस। यदि पार्टीबाट समर्थन पत्र लिनुभएको छ भने त्यो तपाईंको लागि निकै ठुलो प्रमाण बन्न सक्छ। कर कार्यालयबाट कारोबारको प्रमाणको खोजीभएमा त्यहि समर्थन पत्र पेश गर्न सक्नु हुन्छ। यदि समर्थन पत्र लिनु भएको छैन भने तपाईंसँग अन्य प्रमाणको साथ विल/विजकको प्रति कर कार्यालयमा पेश गरेर आफुलाई सही प्रमाणित गर्नुहोस्।
अनुसुची १३ भर्दा गल्ती भए के गर्ने?
यदि तपाईं आफैँले अनुसुची भर्दा गल्ती भयो वा कसैको कारोबार हाल्न छुट भएमा कर कार्यालयबाट सोधनी हुने वित्तिकै आफुसँग भएको प्रमाण, सही सूचना र तथ्य उपलब्ध गराउनु होला। तपाईंले दिएको सूचना पुष्टि गर्ने सकेसम्म प्रमाण (पार्टी समर्थन पत्र, विजक, भुक्तानी गरेको नगदी रसिद आदी) जुटाउनुहोस्। त्यसले तपाईंको जिकिरलाई पुष्टि गर्न सघाउँछ।
पेश गरिसकेको अनुसुची १३ सच्याउन मिल्छ?
नेपालको प्रचलित कर कानुनले एक पटक विवरण पेश गरिसकेपछि सच्याउने अधिकार दिएको छैन। त्यसैले तपाईंले पेश गर्ने वेलामा नै 'सबै सहि हो र गल्ती भए सहुँला बुझाउँला' भन्नु भएको हुन्छ। यदि त्रुटीवश गलत विवरण पेश भएमा सही विवरणको तयारी सहित बस्नु होस्। र, कर कार्यालयबाट सोधनी हुने वित्तिकै प्रमाण सहित उपस्थित भइ दिनुहोस्। यो नै सबैभन्दा सजिलो र सुरक्षित विकल्प हो।
मिसम्याच देखिएपछि प्रमाण पेश गर्न नसके के हुन्छ?
तपाईंको व्यवसायको मिसम्याच देखिएपछि आफुले पेश गरेको विवरण साँचो र अर्को पार्टीको विवरण झुठो हो भनेर प्रमाणित गर्न नसके कर कार्यालयले तपाईंलाई जरिवाना गर्न सक्छ। जस्तै तपाईंले बिक्री देखाउनु भएको छैन तर अर्को पार्टीले तपाईंबाट खरिद गरेको विवरण देखाइ दियो। यस्तो बेला तपाईंले आफुले साँच्चै बिक्री गरेको होइन भनेर प्रमाण पेश गर्न नसके कर कार्यालयले सबै रकमलाई आम्दानी मानेर त्यसमा लाग्ने कर, जरिवाना र ब्याज समेत असुल गर्न सक्छ।
पार्टीसँगको कारोबार रकम कसरी सजिलै पत्ता लगाउने?
यदि व्यवसाय सानो भए कुनै पार्टीसँगको कारोबार रकम पत्ता लगाउन गाह्रो पर्दैन। तर, कारोबार रकम ठुलो भए (एकै पटक वा पटक पटक गरेर एकलाख कटेमा) कुल रकम पत्ता लगाउन निकै गाह्रो पर्छ। कारोबार रकम निकाले पनि छुट्ने सम्भावना धेरै हुन्छ। त्यस्तो जोखिमबाट बच्न, तपाईंले दोहोर्याएर खरिद गर्ने पार्टीबाट किन्दा सोझै खर्च लेखेर भुक्तानी नगर्नु होस्। पहिलो भौचरमा खरिद देखाई सो पार्टीलाई तिर्नुपर्ने दायित्व लेख्नुहोस्। अनि मात्र उक्त पार्टीलाई भुक्तानी गर्नुहोस्। यसो हुदाँ, बर्षभरिको उक्त पार्टीसँगको कुल कारोबार रकम एकै स्थानमा सजिलै देखिन्छ, कुनै झन्झट हुँदैन।
मिसम्याचबाट बचेर सुरक्षित कारोबार कसरी गर्ने?
तपाईंको सुरक्षित कारोबार गर्न र नक्कली विलको जोखिमबाट बच्न चाहनु हुन्छ भने सकेसम्म एकाउन्ट पेयी चेकबाट मात्र लेनदेन गर्नुहोस्। आयकर ऐनमा ५० हजार रुपैयाँभन्दा बढिको रकम नगदबाट भुक्तानी गर्दा उक्त खर्च करको लागि अमान्य हुने उल्लेख छ। चेकबाट भुक्तानी गर्दा पनि व्यक्तिको नाममा नकाट्नुहोस्। सम्बन्धित पार्टी (व्यवसायीक फर्म)को नाममामात्र चेक जारी गर्नुहोस्। सकेसम्म, टिडिएस काटेर भुक्तानी गर्ने प्रयास गर्नुहोस्। ठुलो कारोबार भएमा करार गरेर मात्र खरिद/बिक्री गर्ने बानी बसाल्नुहोस्। प्यान विल र भ्याट विलबाट मात्र कारोबार गर्नुहोस्। यस्ता व्यबहारले तपाईंलाई मिसम्याच र नक्कली विजकबाट बचाउन ठुलो सहयोग पुग्छ। मिसम्याचमा परिहाले पनि यहि प्रमाणले संभावित जरिवानाबाट बच्न सक्नु हुनेछ।

28/11/2025

शुभ प्रभात 🧘,
सम्पूर्ण सेवाग्राहीहरूमा नमस्ते 🙏
🤔 मैले एकजना व्यवसायीलाई सामान उधारो दिएको थिएँ, तर अब उक्त उधारो रकम नउठ्ने नै भयो, यस्तो अवस्थामा उक्त खराब आसामी (bad debt) रकम आयकर तथा भ्याट प्रयोजनका लागि कट्टी गर्न पाइन्छ ?
👉 मूल्य अभिवृद्धि कर ऐनमा Bad Debt को व्यवस्था नै नभएकाले भ्याट रकम अलग्गै त कट्टी गर्न पाइँदैन, तर ऋणीको आर्थिक अवस्था, असुलीका लागि चालिएको कदम, जस्तै प्रहरी कारबाही, अवस्था हेरी अदालती कारबाही आदिबाट असुलीको लागि प्रयास गरेको हुनुपर्दछ, तत्पश्चात् समेत असुली हुन नसकेको खण्डमा मात्र यस्तो असुली गर्न बाँकी भ्याट सहितको जम्मा रकम आयकर प्रयोजनका लागि कट्टी गर्न पाइन्छ ।
🤔 अबदेखि सम्पूर्ण कर्मचारीहरूको तलब बैंक खाता मै हाल्नुपर्ने हो र ?
🏛️ वित्तीय पारदर्शिताका लागि आफ्नो सम्पूर्ण व्यवसायिक कारोबारहरू बैंकिङ च्यानलबाट गरेको राम्रो हो । आयकर ऐन बमोजिम मासिक रु २५ हजार भन्दा बढी तलब खाने कर्मचारीहरूको हकमा बैंक खातामा तलब जम्मा गर्नुपर्दछ, त्यसो नगरेमा सो खर्च आयकर प्रयोजनका लागि कट्टी गर्न पाइँदैन । मासिक रु २५ हजार भन्दा कम तलब खाने कर्मचारीका हकमा भने नगद भुक्तानी गरेको तलब पनि खर्च कट्टी गर्न पाइन्छ । स्थायी लेखा नम्बर भने जतिसुकै तलब खाने कर्मचारीको पनि अनिवार्य चाहिन्छ ।
🤔 मेरो खाद्यान्न खरिद बिक्री गर्ने व्यवसाय छ, जसमा ठूलो मात्रामा किसानहरू सँग खाद्यान्न खरिद गर्नुपर्ने हुन्छ, यस्तोमा किसानलाई रु ५० हजारभन्दा बढी नगद भुक्तानी गर्न नमिल्ने हो र ?
👨‍🌾 त्यसो होइन । सकेसम्म बैंक खाता बाटै भुक्तानी गर्दा राम्रो, तर नगदमा भुक्तानी गर्नैपर्ने अवस्था भएमा प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषकलाई नगद भुक्तानी गर्दा भुक्तानीको सीमा लागु हुँदैन । त्यसैले यस्ता किसानहरू सँग खाद्यान्न हरू खरिद गर्दा जतिसुकै रकम पनि नगद भुक्तानी गर्न सकिन्छ ।
👨‍🌾किसानहरू सँग त बिल पनि हुँदैन, यस्तो अवस्थामा खरिद कसरी दाबी गर्ने ?
👉 स्थायी लेखा नम्बर उल्लेख नभएको २००० भन्दा बढीको बीजक बापतको खर्च कट्टी गर्न पाइँदैन, तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा विक्रेताले प्यान नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुन्छ । त्यसैले किसानसँग खाद्यान्न खरिद गर्दा खरिद पत्र बनाई त्यसमा सम्बन्धित किसानको सही गराई खरिद गरिएको जतिसुकै रकमको पनि वास्तविक खरिद मान्य हुन्छ ।
🤔 मैले आफ्नो व्यक्तिगत सम्पत्ति बेच्दा पनि आयकर तिर्नुपर्छ र ?
🙅‍♂️ प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्ति (घर, जग्गा, सेयर) को बिक्री बाहेक व्यवसाय सँग सम्बन्ध नभएका निजी सम्पत्तिहरू जस्तै: फर्निचर, गहना, मोटर आदि बिक्री गर्दा भएको लाभमा आयकर तिर्नु पर्दैन ।

26/11/2025

🧘‍♂शुभ प्रभात,
🚚 ढुवानी खर्चको स्रोतमा करकट्टी र लेखाङ्कन सम्बन्धमा
🥸 भ्याटमा दर्ता भएका वा नभएका सबै व्यवसायीले भ्याटमा दर्ता नभएको ढुवानी व्यवसायी वा व्यक्ति लाई ढुवानी साधनको भाडा वा ढुवानी बापतको रकम भुक्तानी गरेमा १३ प्रतिशतले रिभर्स भ्याट दाखिला गर्नुपर्दछ।
💸 भ्याटमा दर्ता भएको ढुवानी व्यवसायी वा व्यक्ति लाइ यस्तो रकम भुक्तानी गर्दा भ्याट बिल बाट नै भुक्तानी हुने भएकाले रिभर्स भ्याट दाखिला गर्नुपर्दैन ।
🛂 आयात गर्ने का हकमा भन्सार बिन्दु देखि गोदाम सम्म ल्याइपुर्याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिला गर्नुपर्दछ, निकासी गर्नेका हकमा गोदामदेखि भन्सार विन्दु सम्म पुर्‍याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिाला गर्नुपर्दैन ।
🏦 यस्तो रिभर्स भ्याट बापतको रकमलाई राजस्व शीर्षक नम्बर ३३३१७ मा महिना सकिएको २५ दिनभित्र सम्बन्धित राजश्व कार्यालयमा दाखिला गर्नुपर्दछ ।
📚 यसरी दाखिला गरिएको भ्याट रकमलाई खरिद खातामा करयोग्य खरिदमा तिरेको कर र भाडा रकमलाई करयोग्य खरिदको कोलममा चढाइ खरीदमा तिरेको भ्याट र भाडा खर्च दाबि गर्नुपर्दछ ।
✔️ प्यानमा मात्र दर्ता भएको व्यक्तिले यसरी रिभर्स भ्याट दाखिला गरेमा भ्याट सहितको सबै रकम आयकर प्रयोजनका लागि खर्चकट्टी गर्न पाउँछ।
🚫 समयमा उक्त भ्याट रकम दाखिला नगरेमा १५% ब्याज र १०% थप दस्तुर लाग्दछ ।
👴 भ्याटमा दर्ता भएको ब्यक्तीलाइ यस्तो रकम भुक्तानी गर्दा १.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ । भ्याटमा दर्ता नभएकाको हकमा भने २.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ ।
🏦 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई महिना सकिएको २५ दिनभित्र दाखिला गरी इटिडिएस समेत गर्नुपर्दछ।
👴 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई समयमा दाखिला नगरेमा १५% वार्षिक ब्याज लाग्दछ। समयमा इटिडिएस नगरेमा दाखिला गर्नुपर्ने टिडिएस रकमको बार्षिक २.५% शुल्क लाग्दछ ।
💡 बिल्टि तथा चलानहरु बिल होइनन अत: यस्ता कागजातको आधारमा आयकर प्रयोजनका लागी भाडा खर्च कट्टि गर्न पाइदैन, अत: रु. २०००/- भन्दा बढिको ढुवानी साधनको भाडा वा ढुवानी रकम भुक्तानी गर्दा अनिवार्य रुपमा प्यान नं. उल्लेख गरेको बिल लिनुहोला । ब्यावसाय दर्ता नगरेका ढुवानी साधन धनि लाइ यस्तो रकम भुक्तानी गरेमा अनिवार्य रुपले उक्त ब्यक्तिको ब्यक्तिगत प्यान नं. उल्लेख गरी भर्पाइ बनाउनुहोला ।

Important Notice from Tax Office IRD
25/11/2025

Important Notice from Tax Office IRD

23/11/2025

🏗️ व्यावसायिक प्रयोजनका लागि भवन या यस्तै प्रकृतिको स्थायी संरचना बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने निम्नलिखित कुराहरू याद गर्नुहोस् है:
१. व्यावसायिक प्रयोजनका लागि ५० लाखभन्दा बढीको भवन, shopping कम्प्लेक्स, सडक, पुल, रङ्गशाला, विद्युत उत्पादन गृह र यस्तै प्रकृतिका स्थायी संरचना निर्माण गर्दा भ्याटमा दर्ता भएको ठेकेदार सँग मात्र गराउनुपर्दछ।
२. यो व्यवस्था भ्याटमा दर्ता भएका वा नभएका व्यावसायिक प्रयोजनका लागि रु ५० लाखभन्दा बढीको स्थायी संरचना निर्माण गरी बिक्री गर्ने वा स्थायी सम्पत्ति (Fixed Assets) को रुपमा लेखाङ्कन गर्ने सबै व्यवसाय लागि लागू हुन्छ।
३. रिभर्स भ्याट गणना गर्ने प्रयोजनका लागि यस्ता सम्पत्तिहरू जति वर्ष लगाएर निर्माण भएको भए तापनि एकै स्थानमा निर्माण भएको हुनुपर्दछ, तर आवास गृह, पुल, सडक जस्ता संरचनाहरू फरक फरक स्थान( जस्तै शाखा कार्यालय, मुख्य कार्यालय, उद्योग क्षेत्र, गोदाम क्षेत्र आदि जहाँसुकै) मा निर्माण भएता पनि समग्रमा रु ५० लाखभन्दा बढी हुन्छ भने यो व्यवस्था लागु हुन्छ।
४. संरचना निर्माणमा लागेको वित्तीय खर्च (Financial Expenses) बाहेकका अन्य सम्पूर्ण खर्चहरू (जस्तै: नक्साङ्कन, डिजाइन निर्माण, सुपरिवेक्षण, विद्युतीकरण, सेनिटेसन, रंगरोगन, आन्तरिक सजावट आदि ) समेत ५० लाख रकम गणना गर्ने प्रयोजनका लागि जोड्नु पर्दछ।
५. यदि बुँदा नम्बर ४ मा उल्लेखित सम्पूर्ण खर्चहरू जोड्दा सम्पत्तिको लागत रु ५० लाखभन्दा बढी हुन्छ भने सम्पत्तिको करयोग्य मूल्य गणना गर्ने प्रयोजनका लागि सम्पत्ति निर्माण पूर्व गरिने खर्चहरू (जस्तै: जग्गा खरिद, जग्गाको स्तर उन्नति, नक्साङ्कन, नक्सा स्वीकृत गर्न लाग्ने खर्च, वित्तीय लागत, तेस्रो पक्षलाई भुक्तानी गर्न लागेको सुपरिवेक्षण खर्च आदि) समावेश नगरी भ्याट लाग्ने र नलाग्ने अन्य सम्पूर्ण खर्चहरू समावेश गर्नुपर्दछ।
६. बुँदा नम्बर ५ बमोजिम गणना भएको करयोग्य मूल्यको १३ प्रतिशतले हुने भ्याट रकमबाट आफूले उक्त सम्पत्ति निर्माणका लागि खरिद गरेका सम्पूर्ण वस्तु तथा सेवा (निर्माणका लागि चाहिने सामान, ‌ ज्याला, ‌ सेवा ‌ आदि) मा तिरेको भ्याट रकम घटाई बाँकी रकम रिभर्स भ्याट बापत दाखिला गर्नुपर्दछ।
७. रिभर्स भ्याट बापतको रकम राजस्व शीर्षक नम्बर ३३३१७ मा दाखिला गर्नुपर्दछ।
८. यसरी भ्याट बिल नभए बापत तिरेको रिभर्स भ्याट रकम कट्टी गर्न पाइँदैन, सम्बन्धित सम्पत्तिकै मूल्यमा पुँजीकृत गर्नुपर्दछ । तर भ्याट बिल भएका खर्च भने भ्याटमा दर्ता भएको व्यवसायले खरिद खातामा प्रविष्टि गरी कट्टी गर्न पाउँछ।
९. भ्याटमा दर्ता नभएका व्यवसायीको हकमा खरिदमा तिरेको भ्याट र रिभर्स चार्ज वापत तिरेको सम्पूर्ण भ्याट रकम सम्बन्धित सम्पत्तिकै मूल्यमा पुजीकृत गर्नुपर्दछ।
१०. यस्तो रिभर्स भ्याट बापतको रकम सम्बन्धित महिना सकिएको २५ दिनभित्र दाखिला गरिसक्नु पर्दछ।
११. व्यावसायिक भवन अब यस्तै स्थायी प्रकृतिका संरचना भाडामा लिएर सञ्चालन गर्नेका लागि यो व्यवस्था लागु हुँदैन ।
१२. यसो नगरेको पाइएमा कर अधिकृतले कम दाखिला गरेको कर रकमको २५% रकम जरिवाना गर्न सक्दछ, साथमा ब्याज र थपदस्तुर समेत तिर्नुपर्ने हुन्छ।
⚠️ तपाईँले निर्माण गरेको वा गर्न लागेको स्थायी संरचना (जस्तै: विद्यालयका लागि स्कुल भवन, फ्याक्ट्रीका लागि फ्याक्ट्री भवन, गोदाम, कार्यालय भवन, सडक, पुल, गार्ड भवन, पशुपन्छी पालन गर्ने खोर, हस्पिटलका लागि भवन आदि) को लागत ५० लाखभन्दा बढी छ भने एकपटक आफ्नो कर परामर्शदाता लाई सम्पर्क राख्नुहोला । विगतमा निर्माण गरेको वा सम्बन्धित आर्थिक वर्षमा निर्माण गरेको जुनसुकै अवस्थामा पनि कर अधिकृतले पूर्णकर लेखा परीक्षणका बखत यो विषय अनिवार्य जाँच गर्दछ ।

21/11/2025

शुभ प्रभात 🧘,
🥺 कारोबार ठूलो गरौँला भनेर भ्याटमा दर्ता गरियो, तर सोचे जस्तो कारोबार भएन, भ्याट खारेजी गरेर प्यानमा मात्र कारोबार गर्न के गर्नुपर्ला ?
😌विगत १२ महिनामा करयोग्य वस्तु तथा ढुवानी सेवाको हकमा ५० लाख, करयोग्य सेवाका हकमा ३० लाख र करयोग्य वस्तु तथा सेवा मिश्रित व्यवसायिक हकमा ३० लाख कारोबार पुगेको छैन भने भ्याट दर्ता खारेजीका लागि निवेदन दिन सकिन्छ ।
💻 दर्ता खारेजी गर्ने अवधि सम्मको भ्याट विवरण दाखिला गर्नुपर्दछ। (उदाहरण: २०८१ श्रावणमा खारेज गर्न चाहेमा २०८१ अषाढ सम्मको विवरण दाखिला भएको हुनुपर्दछ । )
💻 चालु अवधिको अनुसूची ११ बमोजिमको करदाता पोर्टलमा VAT close of business entry फारम प्रविष्टि गर्नुपर्दछ ।

💻 अनुसूची ११ बमोजिमको फारम भर्दा स्टकमा रहेका करयोग्य वस्तुको १३ प्रतिशत र पुँजीगत सम्पत्तिमा क्रेडिट दाबी गरेको भए सो वस्तुको हालको बजार मूल्यको १३ प्रतिशत ले हुने रकम अन्य थप घटको डेविड तर्फको कोलममा इन्ट्री गर्नुपर्दछ। (यस्तो विवरण भर्दा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला । )
🏦 यसरी विवरण प्रविष्टि गर्दा आउने भ्याट रकम राजस्व खातामा दाखिला गरी अनुसूची ११ बमोजिमको विवरण कर अधिकृत समक्ष पेश गर्नुपर्दछ ।
👮‍♂️ अनुसूची ११ बमोजिमको विवरण पेश गरेको १५ दिनभित्र कर परीक्षणका लागि कागजात पेश गर्नुपर्दछ ।
💻 दर्ता खारेजीको लागि निवेदन दिएपछि दर्ता खारेजीको जानकारी नभएसम्म वा ३ महिनासम्म भ्याट विवरण पेश गर्नुपर्दछ ।
🏦 दर्ता खारेजी परीक्षणबाट कुनै कर रकम निर्धारण भएमा सो रकम दाखिला गर्नुपर्दछ।
🧾 यति गरिसकेपछि कर अधिकृतले हजुरको स्थायी लेखा नम्बरको प्रमाणपत्र बाट भ्याट दर्ताको विवरण हटाई स्थायी लेखा नम्बरको नयाँ प्रमाणपत्र जारी गर्न सक्नेछ।
💻 कार्यालयको सिस्टमबाट आफ्नो व्यवसाय भ्याटबाट खारेज भए नभएको हेर्नका लागि आन्तरिक राजस्व विभागको वेबसाइटमा गई स्थायी लेखा नम्बर खोजी बाट हेर्न सकिन्छ।
🏭 अनुसूची ११ मा डेविड तर्फ अन्य थपघटमा हालेको भ्याट रकम मौज्दात का हकमा नाफा नोक्सान हिसाबमा खर्च लेख्न पाइन्छ भने पुँजीगत वस्तुको हकमा ‌ सम्बन्धित सम्पत्तिको मूल्यमा नै पुजीकृत गर्नुपर्दछ।
⚠️ भ्याट दर्ता खारेजी हुँदैमा दर्ता हुँदाका बखत गरेको कारोबारबाट सिर्जना भएको कर दायित्वबाट उन्मुक्ति पाइँदैन, त्यसैले भ्याट दर्ता खारेजी भइसकेपछि पनि भ्याट दर्ता हुँदाका बखतको कुनै कारोबार दर्ता खारेज भइसकेपछि फरक परेको जानकारी हुन आएमा कर अधिकृतले पुनः कर निर्धारण गर्न सक्नेछ।

17/11/2025

🚦२०८१ असार वा चौमासिक तेस्रोको भ्याट विवरण हाल्ने तयारीमा हुनुहुन्छ, यदि हुनुहुन्छ भने पर्खनुहोस, बिवरण दाखिला गर्नुपुर्व तल उल्लेखित विषयहरू ध्यान दिनुस् है:
📚 खरिद बिल, बिक्री बिल, डेविड नोट, क्रेडिट नोट बमोजिम खरिद खाता, बिक्री खाता र स्टक बुक रुजु गर्नुभयो त ? यदि गर्नुभएको छैन भने अझै समय छ सरसर्ती गर्नुहोस्।
🔣 रुजु गर्दा प्रत्येक महिनाको खाताको जोड फरक परेको नपरेको, सबै खरिद बिल, बिक्री बिल, डेबिट नोट र क्रेडिट नोट खातामा चढाए नचढाएको विशेष ध्यान दिनुहोला ।
🧾गत आर्थिक वर्षमा कुनै पार्टीबाट सामान वा सेवा खरिद गरिएको तर बिल विजक प्राप्त नभइसकेको भए मगाएर प्रविष्टि गर्नुहोस् ।
✅ खाता रुजु भइसकेपछि सो खाता बमोजिम प्रत्येक महिना हालिएका भ्याट विवरणहरू मा उल्लेखित रकम मिले नमिलेको रुजु गर्नुहोस ।
💻यदि कुनै महिनामा खातामा भएको खरीद/ बिक्रीको जोड भन्दा भ्याट विवरणमा कम / बढी रकम प्रविष्टि गरिएको छ भने अहिलेको विवरण दाखिला गर्दा त्यति नै खरीद/ बिक्री रकम थप / घट गरी भ्याट विवरणमा चढाउनु होला । (अन्य थपघटमा हालेर नमिलाउनुहोला)
✍️कुनै खरिद बिल, बिक्री बिल, खरिद फिर्ता वा बिक्री फिर्ता बापतको डेबिट/ क्रेडिट नोट खातामा चढाउन छुटेको रहेछ भने अषाढ महिनामा नै खातामा चढाई विवरण हाल्नु होला। । (अन्य थपघटमा नहाल्नु होला)
🧮 यदि तपाईँ भ्याटमा दर्ता हुनुहुन्छ र करयोग्य र कर छुट दुवै कारोबार गर्नुहुन्छ भने समानुपातिक करकट्टी गणना बाट हुन आउने भ्याट रकमलाई अन्य थपघटमा समायोजन गर्नुपर्ने हुन्छ । (यस विषयमा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला।)
🚘 आंसिक करकट्टी गर्न पाइने बस्तुको खरीदमा पुरै करकट्टी लिनुभएको छ भने, त्यस्तो कट्टी गर्न नपाइने रकमलाइ अन्य थपघटमा डेबिट तर्फ समायोजन गर्नु पर्दछ। (यस विषयमा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला।)
👨‍💻 यदि तपाईँले गर्ने वस्तु वा सेवाको कारोबार कर योग्य बाट कर छुटमा परिणत भएको छ भने त्यस्ता वस्तु तथा सेवा खरिदमा तिरेको भ्याट रकम अन्य थपघटमा समायोजन गरी हिसाब मिलान गर्नुपर्ने हुन्छ । (यस विषयमा आफ्नो कर परामर्शदाताको सल्लाह लिनुहोला।
🏦 बैंकले ऋण रकमका लागि यति नै स्टक चाहिन्छ भनेको छ भन्दैमा आफुले बिक्री गरीसकेको स्टक समेत बीजक जारी नगरेर स्टकमा नराख्नु होला । वास्तविक स्टक र स्टक बुकमा भएको स्टक नमिल्दा भविष्यमा तपाईँलाई नै गाह्रो पर्न सक्छ । (थप जानकारीका लागी आफ्नो बित्तिय परामर्शदा संग सम्पर्क राख्नुहोला । )
😕 अषाढको महिनामा भ्याट तिर्नै पर्ने हुन्छ भन्ने कतिपय व्यवसायीलाई भ्रम हुन्छ, अतः वास्तविक स्टकमा भएको सामानको समेत झुठा विजक जारी गरेर स्टक घटाइरहेको देखिन्छ, त्यसो नगर्नुहोला, यसले समेत वास्तविक स्टक र स्टक बुकमा भएको स्टक नमिल्दा भविष्यमा तपाईँलाई नै गाह्रो पर्न सक्छ । वास्तविक स्टक जति छ त्यति नै स्टक बुकमा रहन दिनुहोला ।
⚠️अषाढ महिनामा बिषेशत: नक्कली बिल बिजकको चलखेल बढि हुने भएकाले मुख्यतया यस महिनामा खरीद भएका बिजकमा बिक्रेताको पान नं. सहि भए नभएको, बिलको सिरियल नं. सही भएको नभएको, सामान खरीदका हकमा भिसिटिएस भए नभएको, भुक्तानी भएको हकमा सम्बन्धित ब्यावसायकै खातामा रकम जम्मा भए नभएको जस्ता बिषय रुजु गर्नुहोला । नक्कली बिल बिजक लिने दिने दुबै सजायका भागीदार हुन्छन ।
🤵 यी सबै सामान्यतया सबै व्यवसायहरूलाई लागू हुने विषयहरु हुन । व्यवसायको प्रकृतिका हिसाबले खातापाता रुजु गर्दा तथा विवरण दाखिला गर्दा अन्य विषयहरूमा पनि ध्यान दिनुपर्ने हुन सक्दछ। त्यसैले आफ्नो कर परामर्शदाता सँग सल्लाह लिएर मात्र भ्याट विवरण दाखिला गर्नुहोला।
🤦‍♂️बिग्रीसकेपछि पछुताउनु भन्दा सबै कुरा आफ्नो हातमा भएको बेलामै गर्नुपर्ने समायोजन गरी मिलाउँदा राम्रो हुन्छ । माथि उल्लेखित विषयहरू मा गल्ती देखिएमा कर अधिकृतले कर रकम तथा जरिवाना निर्धारण गर्न सक्दछ।
❗ अन्तशुल्कको इजाजतपत्र नवीकरण गर्ने म्याद अब आठ दिन मात्रै बाँकी रहेकाले, यथाशीघ्र नवीकरण गराउनुहोला ।

Address

Dillibazar Charkhal Chowk Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Golden Fox Associates Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden Fox Associates Private Limited:

Share