23/12/2023
श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधारण सभा आज नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको छ / करिब ३०० जना शेयरधनी सदस्यहरुको उपस्थितिमा आज कार्यक्रम सम्पन्न भएको हो /संस्थाका अध्यक्ष श्री कृष्ण धितालज्युको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी श्री गोपाल अर्याल जेष्ठ सदस्य, श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्था, बिशेष अतिथिमा श्री रमा घिमिरे शाखा प्रमुख, राष्ट्रिय सहकारी बैंक लि न्युरोड, अतिथी श्री हेम बहादुर कार्की अध्यक्ष जेष्ठ आइेडोलोजी बचत तथा ऋण सहकारी संस्था न्युरोड, अतिथी श्री कृष्ण प्रसाद घिमिरे अध्यक्ष आर्जन बचत तथा ऋण सहकारी संस्था लोकन्थली भक्तपुर , अतिथी श्री भक्त पराजुली द्रब्य बचत तथा ऋण सहकारी संस्था न्युरोड , अतिथी श्री हिमेश पन्त कमेडी च्याम्पियनज्युको उपस्थितीमा कार्यक्रम गरी भब्य रुपमा नवौं वार्षिक साधारण सभा सम्पन्न गरियो यसका साथै साधारण सभाले नयाँ संचालक समिती तथा लेखा सुपरिवेक्षण समिती समेत चयन गरेको छ / कार्यक्रममा उत्क्रीष्ट कर्मचारी, उत्क्रीष्ट कारोबारी लगाएत सफलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गर्ने पदाधिकारीज्युहरुलाई सम्मान समेत गरिएको छ / कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण धेरै धेरै धन्यवाद साथै निरन्तर सहकार्यको आशा राख्दछौ / निम्न अनुसारको संचालक समिती र लेखा सुपरिवेक्षण समिती गठन भएको छ/
संचालक समिती
अध्यक्ष श्री कृष्ण धिताल
उपाध्यक्ष श्री सयुज रंजित
सचिव श्री अजय श्रेष्ठ
कोषाध्यक्ष श्री बिजय कुमार सिग्देल
सदस्य श्री रबिन्द्र पराजुली
सदस्य श्री हरी भट्ट
सदस्य श्री अनिल बर्मा
लेखा सुपरीवेक्षण समिती
संयोजक श्री सुरेश महर्जन
सदस्य श्री टेक लाल श्रेष्ठ
सदस्य श्री अर्जुन कुमार श्रेष्ठ
धन्यवाद
Krishna Dhital Sayuj Ranjit Bijay Sigdel Anil Verma Rabindra Parajuli Hari Bhatta Tek Lal Shrestha Suresh N Prakriti Himesh Panta Uddab Parajuli