CA & Consultants

CA & Consultants Chartered Advisors - From Finance to Tech, Law to Engineering

27/08/2026
संस्थागत विद्यालयको अनुमति रद्ध गर्ने सम्बन्धी काठमाडाैं महानगरपालिकाको अत्यन्त जरुरी सूचना ।
22/08/2026

संस्थागत विद्यालयको अनुमति रद्ध गर्ने सम्बन्धी काठमाडाैं महानगरपालिकाको अत्यन्त जरुरी सूचना ।

आ.व.२०८३।०८४ लागिका लागि दफा ११ बमोजिमका छुट तथा सुविधाहरू
10/08/2026

आ.व.२०८३।०८४ लागिका लागि दफा ११ बमोजिमका छुट तथा सुविधाहरू

आन्तरिक राजस्व विभाग मार्फत आ.व. २०८३/८४ का लागि महत्वपूर्ण करसम्बन्धी सूचना सार्वजनिक भएको छ ।***प्राकृतिक व्यक्तिको आय...
10/08/2026

आन्तरिक राजस्व विभाग मार्फत आ.व. २०८३/८४ का लागि महत्वपूर्ण करसम्बन्धी सूचना सार्वजनिक भएको छ ।
***प्राकृतिक व्यक्तिको आयकर दर***

📢 उद्योगको वार्षिक विवरण अद्यावधिक गर्नेसम्बन्धी महत्त्वपूर्ण सूचना!उद्योग व्यवसाय ऐन, २०७६ को दफा १३ बमोजिम प्रत्येक उद...
01/08/2026

📢 उद्योगको वार्षिक विवरण अद्यावधिक गर्नेसम्बन्धी महत्त्वपूर्ण सूचना!

उद्योग व्यवसाय ऐन, २०७६ को दफा १३ बमोजिम प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ (छ) महिनाभित्र आफ्नो विवरण अनलाइन (Online) माध्यमबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ।

असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा :काठमाडौँ महानगरपालिकाभित्र यस अघि जुनसुकै समयबाट सञ्चालन...
22/07/2026

असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा :

काठमाडौँ महानगरपालिकाभित्र यस अघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ । ऐनमा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायलाई १२ विधामा वर्गीकरण गरेर दर्ता तथा नवीकरणको दर तोकिएको छ । करका विधा वर्गीकरण गर्दा व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्य क्षेत्रलाई आधार मानिएको छ ।

यस अघि आर्थिक वर्ष २०७२/०७३ लाई करको आधार वर्ष मानिएको थियो । यसलाई सामयिक संशोधन गर्दै ऐनमा व्यवसाय करको आधार वर्षका रुपमा आर्थिक वर्ष २०७९/०८० लाई बनाइएको छ ।

ऐनले २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता गरिसक्नु पर्ने व्यवस्था गरेको छ । यस अवधिमा दर्ता गरेमा १० प्रतिशत छुट प्रदान गरिनेछ । यो अवधिभन्दा ढिला भएमा १ हजार रुपियाँ अतिरिक्त जरिवाना लाग्नेछ ।

व्यवसाय सञ्चालन गर्दा साना गल्तीले पनि हजारौँदेखि लाखौँ रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ।
22/07/2026

व्यवसाय सञ्चालन गर्दा साना गल्तीले पनि हजारौँदेखि लाखौँ रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ।

📢 विद्युत सेवा मूल्य अभिवृद्धि कर (VAT) संकलन निर्देशिका, २०८३ जारी ⚡नेपाल सरकारले विद्युत सेवा मूल्य अभिवृद्धि कर (VAT)...
18/07/2026

📢 विद्युत सेवा मूल्य अभिवृद्धि कर (VAT) संकलन निर्देशिका, २०८३ जारी ⚡

नेपाल सरकारले विद्युत सेवा मूल्य अभिवृद्धि कर (VAT) संकलन निर्देशिका, २०८३ जारी गरेको छ, जुन श्रावण १, २०८३ देखि लागू भएको छ। यसको मुख्य व्यवस्था निम्नानुसार छः

🏠 घरेलु उपभोक्ताका लागि
✅ प्रतिमहिना ५० युनिटसम्मको विद्युत खपतमा VAT लाग्ने छैन।
⚠️ ५० युनिटभन्दा बढी खपत भएमा लागू हुने विद्युत शुल्कमा ५% VAT लाग्नेछ।

🏢 व्यवसाय, कार्यालय तथा संस्थाहरूका लागि
💼 ५० युनिटसम्मको छुट सुविधा लागू हुँदैन।
📌 विद्युत सेवामा खपत जति भए पनि १३% VAT लाग्नेछ।

⚡ विद्युत व्यवसायीहरूका लागि
🔄 एक विद्युत व्यवसायीबाट अर्को विद्युत व्यवसायी (जस्तै: जलविद्युत कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच) हुने विद्युत कारोबार VAT मुक्त रहनेछ।

📝 VAT दर्ता
📌 पछिल्लो १२ महिनामा करयोग्य कारोबार रु. ३० लाखभन्दा बढी भएका विद्युत सेवा प्रदायकले अनिवार्य रूपमा VAT दर्ता गरी प्रचलित कानुनी व्यवस्था अनुसार कर बिजक जारी तथा विवरण पेश गर्नुपर्नेछ।

📄 पालना गर्नुपर्ने व्यवस्था
🧾 VAT दर्ता भएका सेवा प्रदायकले कर बिजक जारी गर्नुपर्ने, तथा प्रत्येक महिनाको VAT विवरण र कर रकम अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्नेछ।

📅 लागू मिति: श्रावण १, २०८३

सार्वजनीक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ को नीतिगत सार ।
17/07/2026

सार्वजनीक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ को नीतिगत सार ।

संवत् २०८३ साल जेठ १५ गतेदेखि लागू हुनेगरी नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपाल आउने यात्रुले ल्याउन वा लैजान पाउ...
04/06/2026

संवत् २०८३ साल जेठ १५ गतेदेखि लागू हुनेगरी नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपाल आउने यात्रुले ल्याउन वा लैजान पाउने वस्तु सम्बन्धमा राजपत्रमा प्रकाशित सूचना ।

नोट: संवत् २०८२ जेठ १५ को यस्तै सूचना खारेज गरिएको छ ।

Address

Khumaltar
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when CA & Consultants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CA & Consultants:

Shortcuts

Share